एमाले लुम्बिनी अधिवेशन : सहमतिमा नेतृत्वमा छान्न ओलीको निर्देशन
१७ भदौ,बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राखे । शनिवार उद्घाटन सत्रमा पनि ओलीले सहमतिमै जोड दिएका थिए ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्द सत्रमा एउटा पद नहुँदैमा केही नबिग्रिने बताउँदै ओलीले नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।
‘नेतृत्वले पार्टी हित विपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, उनले भने ।
उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै उनले सबै नेता कार्यकर्ता दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।
अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् । प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।
अध्यक्ष ओलीले पार्टी भित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply