प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय छलफल

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका बारेमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डा तय गर्न छलफल बोलाएका हुन् । उनले यसबारे परराष्ट्रविज्ञहरूसँग पनि छलफल गर्ने छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै ५ असोजमा चीन भ्रमणमा जाने तय भएको छ ।
चीनले हालै नेपालले जारी गरेको चुच्चे नक्सालाई भारतमै देखाउन खोजेको विषयलगत्तै प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेपछि यसबारे पनि चासो बढेको छ । चुच्चे नक्साको विषयलाई भ्रमणको एजेण्डा बनाउन दबाब छ । माओवादी नेताहरूले पनि चुच्ने नक्साबारे प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग कुरा हुने सार्वजनिक रूपमा बोलेका छन् ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रास्वपाका उपसभापति डोलप्रसाद आर्याल, पूर्वपरराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी र रमेशनाथ पाण्डेलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply