प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय छलफल
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका बारेमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डा तय गर्न छलफल बोलाएका हुन् । उनले यसबारे परराष्ट्रविज्ञहरूसँग पनि छलफल गर्ने छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै ५ असोजमा चीन भ्रमणमा जाने तय भएको छ ।
चीनले हालै नेपालले जारी गरेको चुच्चे नक्सालाई भारतमै देखाउन खोजेको विषयलगत्तै प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेपछि यसबारे पनि चासो बढेको छ । चुच्चे नक्साको विषयलाई भ्रमणको एजेण्डा बनाउन दबाब छ । माओवादी नेताहरूले पनि चुच्ने नक्साबारे प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग कुरा हुने सार्वजनिक रूपमा बोलेका छन् ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रास्वपाका उपसभापति डोलप्रसाद आर्याल, पूर्वपरराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी र रमेशनाथ पाण्डेलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply