झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
२६ भदौ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले उक्त सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।
दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् ।
दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply