एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
![एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै](https://ebudhabar.com/wp-content/uploads/2023/02/CPN-UML_New-Building_Chyasal.jpg)
६ मंसीर, काठमाडौं । मंसिर १४ गते देखि सुरु गर्न लागेको मध्यपहाडी यात्राका सन्दर्भमा आवश्यक निर्णयहरु गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
एमालेले आगामी मंसिर १४ गते देखि २१ दिनका लागि ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’को आयोजना गरेको छ । आजको बैठकमा यात्राका बारेमा विभिन्न निर्णयहरु गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
विहान ११ बजे केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा यात्राको विस्तृत जानकारी सहित प्रस्ताव गरिनेछ । जसमा यात्राको रुट,यात्रामा सहभागी हुने केन्द्रीय टिम,बासबस्ने ठाउँ आदिका बारेमा निर्णय हुनेछ ।
यसैगरी युवा संघ नेपाल र अनेरास्ववियुले भोली काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनका बारेमा पनि छलफल हुने कार्यसुची छ । यस्तै जाजरकोट भूकम्पमा भत्किएका संरचनाहरुको पुननिर्माण र पार्टीले परिचालन गरेका स्वंसेवकका विषयमा पनि छलफल गर्ने कार्यसुची छ ।
एमालेले गर्न लागेको मध्यपहाडी यात्रामा पार्टीका पदाधिकारी सहित करिब २सय जनाको केन्द्रीय टिम हुने एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply