एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
६ मंसीर, काठमाडौं । मंसिर १४ गते देखि सुरु गर्न लागेको मध्यपहाडी यात्राका सन्दर्भमा आवश्यक निर्णयहरु गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
एमालेले आगामी मंसिर १४ गते देखि २१ दिनका लागि ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’को आयोजना गरेको छ । आजको बैठकमा यात्राका बारेमा विभिन्न निर्णयहरु गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
विहान ११ बजे केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा यात्राको विस्तृत जानकारी सहित प्रस्ताव गरिनेछ । जसमा यात्राको रुट,यात्रामा सहभागी हुने केन्द्रीय टिम,बासबस्ने ठाउँ आदिका बारेमा निर्णय हुनेछ ।
यसैगरी युवा संघ नेपाल र अनेरास्ववियुले भोली काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनका बारेमा पनि छलफल हुने कार्यसुची छ । यस्तै जाजरकोट भूकम्पमा भत्किएका संरचनाहरुको पुननिर्माण र पार्टीले परिचालन गरेका स्वंसेवकका विषयमा पनि छलफल गर्ने कार्यसुची छ ।
एमालेले गर्न लागेको मध्यपहाडी यात्रामा पार्टीका पदाधिकारी सहित करिब २सय जनाको केन्द्रीय टिम हुने एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply