एयर डाइनेस्टीका पाइलटद्वारा यात्रुुमाथि दुव्र्यवहार
काठमाडौं । एयर डाइनेस्टीका पाइलटले मदिराको मातमा हवाईजहाज उडाउने गरेको खुलेको छ । गत साउनमा सो एयरलाइन्सको हेलिकोप्टर भाडामा लिएर मनाङबाट लुक्लातर्फ उडेको पाँचजनाको टोलीलाई पाइलट निरञ्जन सिलवालले मदिराले मातिएर दुव्र्यवहार गरेको पीडितले बताएका छन् ।
पाइलट सिलवालले यात्रुहरूलाई मदिराको तालमा जहाजबाट खसालीदिने चेतावनीसमेत दिएको बताइन्छ । त्यति मात्र होइन, तीन घण्टाका लागि भन्दै ३५ सय अमेरीकी डलर भाडा तिरिएको भए पनि जम्मा ३५ मिनेट मात्र उडाएको बताइएको छ ।
यस घटनाले नेपालको हवाई यात्रा असुरक्षित भएझैं विमान कम्पनीहरूको लापरबाही पनि उजागर गरेको छ । अब सर्वसाधारण एयर डाइनेस्टीको जहाज चढ्नुअघि डराउनुपर्ने भएको छ । गत साउन ११ गते मनाङका राजु गुरुङले पोखराबाट मनाङको तिलिचो ताल, थोरोङ्ला पास हुँदै पोखरा फर्किने गरी तीन घण्टाका लागि हेलिकोप्टर बुक गरे । हेलिकोप्टरमा जब दुई विदेशी र तीन नेपाली यात्रु चढे, तब भगवान् पुकार्न थाले । किनकि, जसको भरमा हेलिकोप्टर चढेको थियो, ती पाइलट नै बेहोसी थिए ।
रक्सीले मातेको उसलाई शंका लागेपछि यात्रुले मदिरा सेवन गरेका हो भन्दै जब प्रश्न गरे तब उनले उल्टै अन्य यात्रुलाई थर्काउन थाले । पाइलटका औंला र शरीर काँपिरहेको र पोखराजस्तो स्थानमै पनि उनले अक्सिजन लिन थालेपछि स्थिति झनै डरलाग्दो बन्यो । पाइलटले दुई जर्मनी पर्यटकलाई अंगेजीमै गाली गरेको बताइएको छ । तिलिचो तालमा पुगेपछि पाइलटले यहीँबाट हाम फाल नत्र खसालिदिन्छु भन्दै धम्की दिएका शब्दहरू डकुमेन्ट्री बनाउन क्यामरासहित पुगेको उक्त टोलीको क्यामरामा समेत कैद गरिएको छ ।
पीडितले उक्त कम्पनीको काठमाडौंस्थित कार्यालयमा आएर आफूहरूलाई परेको मर्काबारे गुनासो गरे पनि केही सुनुवाइ नभएको बताइन्छ । कम्पनीका अपरेसन म्यानेजर अनिल रावलले सुरुमा त भेट्नै नमानेको र बढी दबाबपछि भेट दिए पनि पाइलटको गल्तीको नै ढाकछोप गरेको बताइएको छ । त्यसो त उड्दै गरेको जहाजको पाइलट निदाएपछि सो पाइलटको जागिर नै गएको घटना हाम्रा सामु छ । इस्लामाबादबाट लन्डन जादै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एक सिनियर पाइलट फ्लाइटको दौरान आरामले सुतेका थिए । त्यसपछि ३ सय यात्रु बोकेको सो जहाज हाँक्ने जिम्मेवारी जुनियर पाइलटले लिएका थिए । त्यस घटनापछि आमिर अख्तर हास्मी नामको सो पाइलटलाई जागिरबाट नै हटाइएको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply