एमालेसँग सबै त्रसित
काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा चौतर्फी घेराबन्दी गर्दा पनि नेकपा (एमाले) पहिलो शक्ति बनेपछि अन्य दल एमालेसँग त्रसित बनेका छन् । खासगरी सत्ताको सबै शक्ति दुरूपयोग गर्दा पनि एमालेलाई पहिलो दल बन्नबाट रोक्न नसकेपछि सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्र तिलमिलाएका छन् ।
एमालेलाई हराउनकै निम्ति अप्राकृतिक गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्र अहिले आसन्न प्रदेश नम्बर २ को चुनावमा एमालेलाई हराउन सबै विकल्पको प्रयोग गर्ने निष्कर्षमा पुगेका छन् । एकातिर एमालेलाई मधेसमा निषेध गर्ने उद्घोष गरेको राजपा र अर्कातिर राजपालाई उचालेर एमालेविरोधी गठबन्धन गरेका कांग्रेस, माओवादी, त्यसमाथि सत्ता र शक्तिको चरम दुरूपयोगबीच असोज २ मा हुन गइरहेको प्रदेश नम्बर २ को चुनावमा पनि एमाले पहिलो शक्ति बन्ने देखिएको छ । केही दिनअघिसम्म मधेसमा एमाले कमजोर छ भन्दै नक्कली प्रचार गर्ने कांग्रेस, माओवादीले एमालेविरोधी गठबन्धन गरेर एमालेको ताकत कति रहेछ भन्ने देखाइसकेका छन् । कांग्रेस, माओवादी तालमेलको अर्थ एक्लाएक्लै लड्दा एमालेलाई हराउन सकिँदैन भन्नु भन्ने स्वतः बुझिन्छ । मधेसमा पनि एमाले बलियो छ भन्ने कांग्रेस र माओवादीको यो स्वीकारोक्तिबाट एमाले हौसिएको छ । तर, एमालेको बढ्दो प्रभावलाई रोक्न राज्यका संयन्त्रदेखि लिएर अन्य प्रमुख सबै दल एकजुट बनेका छन् । स्वच्छ प्रतिस्पर्धाबाट जित्ने अवस्था नदेखेपछि राजपाका कार्यकर्ता एमालेका कार्यक्रम बिथोल्ने कार्यमा उद्यत देखिएका छन् भने निर्वाचन आयोगसम्मको भूमिकामाथि पनि प्रश्न खडा भएको छ । एमालेमाथिको आक्रमण नदेख्ने आयोगले टोपी लगाएको विषमा एमालेका वरिष्ठ नेताहरूलाई स्पष्टीकरण सोधेर पक्षधरता देखाएको छ ।
यी सबै घेराबन्दीबीच एमाले एक्लै प्रतिस्पर्धामा उत्रेर मधेसमा पहिलो शक्ति बन्दै छ । एक त तराईमा एमालेको संगठन नै बलियो हुनु, त्यसमाथि टिकटको विषयलाई लिएर कांग्रेस र राजपाभित्र वितण्डा मच्चिनुले पनि एमालेको जितका लागि अनुकूल वातावरण निर्माण गरिदिएको बताइन्छ । एक त तालमेलका नाममा आफ्नो प्रभावका क्षेत्र पनि माओवादीलाई सुम्पिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ भने अर्कातिर विमलेन्द्र निधिको टिकट वितरणमा स्वेच्छाचारिता भएको भन्दै रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ । त्यस्तै, रंगीबिरंगी पार्टी मिलेर बनेको राजपाभित्र पनि टिकटको विषयमा मारामार उत्पन्न भएको यी सबैको फाइदा एमालेले लिने भएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply