सतारूढ दलबाटै आचारसंहिताको धज्जी
काठमाडौं । निर्वाचन आचारसंहिता पालनामा निर्वाचन आयोगले जतिसुकै कडाइ गरे पनि सत्तारूढ दलहरूबाटै व्यापक रूपमा मिचिन थालेपछि आयोग नै निरीह बन्न पुगेको छ । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा आचारसंहिता मिचिएपछि आयोगले आपत्ति नै जनाउनुपरेको छ ।
केन्द्रीय संसद् र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेको हुँदा आयोगले भदौ १४ गतेदेखि नै आचारसंहिता लागू गरिसकेको छ । तर, निर्वाचन आचारसंहितालाई ठाडै उल्लंघन गर्दै प्रधानमन्त्री देउवाले नवगठित राप्रपा (प्रजातान्त्रिक) का तीन सांसदलाई सरकारमा सामेल गरेका छन् । सोमबार मात्रै आचारसंहिता विपरीत राप्रपा (प्रजातान्त्रिक) का दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनीलबहादुर थापालाई उद्योग र विक्रम पाण्डेलाई वन तथा भूसंरक्षणमन्त्रीको शपथ गराइएको थियो ।
ती मन्त्रीहरूको शपथलगत्तै आयोगले आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेकोप्रति आयोगले आपत्ति जनाएको हो । मन्त्रिमण्डल विस्तारसँगै आयोगले सरकारलाई भदौ १५ गते दिएको सातबुँदे निर्देशनसमेत मिचिन पुगेको छ । उक्त निर्देशनमा स्पष्ट रूपमा ‘सरकारको स्वामित्वमा रहेका सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने बजेट, सरकारबाट कुनै पनि पद वा निकायमा राजनीतिक नियुक्ति नगर्न’ भनिएको थियो ।
पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा आचारसंहिता उल्लंघन भएको छ भने अबको ६ दिनपछि हुने २ नम्बर प्रदेशका स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा पनि सत्तारूढ दलहरूबाटै व्यापक रूपमा आचारसंहिता उल्लंघन भएको छ । २ नम्बर प्रदेशको निर्वाचनमा आचारसंहितामा कडाइ गर्न चाहेको आयोगलाई सत्तारूढ दलका मन्त्री र नेताहरूलाई स्पष्टीकरण सोध्दा र ध्यानाकर्षण गराउँदा हैरान भइसकेको छ । यसबीचमा आयोगले लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई स्पष्टीकरण सोधेको थियो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भने आचारसंहिता उल्लंघन गरेबापत आयोगले ध्यानाकर्षण मात्र गराएको थियो । माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले पनि आचारसंहितविपरीत चुनावी प्रचारप्रसारमा भाग लिए पनि उनलाई भने आयोगले अहिलेसम्म स्पष्टीकरण सोध्न चाहेको छैन ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply