वैकल्पिक ऊर्जामा भुजेलको इसारामा धिताल
काठमाडौ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र केही हाकिमको बजेट ‘स्वाहा’ पार्ने अखडाका रूपमा परिणत भएको छ । दुर्गम पहाडी जिल्लादेखि विभिन्न ठाउँमा सुधारिएको चुल्हो, टुकी, बिजुली उत्पादनजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सो केन्द्रमा लामो समयदेखि अनियमितता हुँदै आएको बताइन्छ ।
वैदेशिक सहयोगमा सञ्चालित आयोजना भएकाले केन्द्रको परियोजना खर्च अडिटसमेत हुने गरेको छैन । कार्यकारी निर्देशक रामप्रसाद धिताल भ्रष्ट र बदनामी कमाएका हाकिमका रूपमा परिचित छन् । वैदेशिक सहयोगमा सञ्चालित यस केन्द्रका विभिन्न आयोजनाहरूको काम परादर्शी नभएपछि दाताहरूले हात झिक्ने तयारी गरेको समेत थाहा भएको छ ।
स्रोतका अनुसार जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीसमेत धितालको बदमासीबारे पछिल्लो समय गम्भीर भएको बुझिएको छ । धितालकै बदमासीका कारण केन्द्रको बेरुजु पनि अचाक्ली रहेको बुझिएको छ । केन्द्रको आव २०७२÷७३ सम्म जम्मा बेरुजु ३६ करोड ८४ लाख १८ हजार रुपैयाँ रहेको छ । २०७० सम्म डेनमार्क र नर्वे सरकारको सहयोगमा ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, विश्व बैंक र यूएनडीपीको सहयोगमा ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम, नेदरल्यान्ड र जर्मनीको सहयोगमा बायोग्याँस सहयोग कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।
त्यसो त ती कार्यक्रमहरूमा सधैंजसो कमिसनको खेल र बोलकबोलमा बढी रकम पेस गर्नेलाई ठेक्का दिने गरेको कुरा त यसअघि नै सावैजनिक भइसकेको थियो । विदेशी दातृ संस्थाहरूबाट गरिब जनताका लागि अनुदानबापत सोलार बत्तीको नाममा व्यापक अनियमितता हुँदै आएको छ । दातृ संस्थाबाट अनुदान प्राप्त सोलार बत्ती सिधै जनतामाझ पु¥याउनुपर्नेमा टेन्डर आह्वान गरी आफ्ना अनुकूलका कम्पनीलाई ठेक्का पारी सौर्य ऊर्जाका माथिल्ला निकायका प्रमुखहरूलाई राम्रै कमिसन खाने गरेको स्रोतको दाबी छ । कार्यकारी निर्देशक रामप्रसाद धितालले ठेक्काको बोलकबोलमा बढी रकम पेस गरे पनि आफ्नो अनुकूलका सूर्योदय इनर्जी प्रालिलाई टेन्डर पारी कम मूल्य पेस गर्नेलाई बाइपास गरी भित्री रूपमा कागजात मिलाई राम्रै कमिसन खाइरहेको स्रोतले दाबी गरेको छ । वैकल्पिक ऊर्जा र नगरपालिकाको मातहतमा रहेको सार्वजनिक ठाउँमा जडान गरिएको स्ट्रेट लाइटको २५ वर्षसम्म वारेन्टी हुने भए पनि मुलुकको विभिन्न ठाउँमा जडान गरिएका त्यस्ता स्ट्रेट लाइट एक वर्ष पनि नबित्दै बिग्रिएको भेटिएको छ । सो स्ट्रेट लाइटमा कमसल र कम मूल्य पर्ने एक्साइड ब्याट्री प्रयोग गरेका कारण चाँडै नै बिग्रिएको विज्ञहरूको भनाइरहेको छ । सो एक्साइड ब्याट्री सिप्रदीको रहेको र अन्य ब्याट्रीभन्दा कमसल र कम मूल्य पर्ने भएकाले ठेकेदारको त्यस्तो ब्याट्री प्रयोग गर्ने गरेको स्रोतले बतायो । यसरी वैकल्पिक ऊर्जा र सम्बन्धित क्षेत्रका नगरपालिकाका पदाधिकारी र दुर्गम जिल्लाका अधिकारीहरूलाई कमिसन दिएकै कारण सामाखुसीस्थित सूर्योदय एनर्जी प्रालिका नवीन भुजेल र राम भण्डारी यतिबेला मालामाल बनेका छन् ।
यसैगरी उक्त प्रालिले बुटवललगायतका अन्य ठाउँहरूमा पनि स्ट्रेट लाइट जडान गर्दा यस्तै समस्या देखा परेको भए पनि पटकपटक सूर्यदयलाई नै किन करोडौं बजेटको स्ट्रेट लाइट जडानमा जिम्मेवारी दिइनु रहस्यमय रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply