डोलिडारमा बढ्यो कांग्रेसीकरण
काठमाडौं । स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकमा जीवनकुमार श्रेष्ठ नियुक्त भएर आएपछि व्यापक रूपमा कांग्रेसीकरण सुरु भएको छ । नेपाली कांग्रेसमा आफ्नो पार्टी विलय गराउनै लागेका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले महानिर्देशकमा श्रेष्ठलाई ल्याएपछि कांग्रेसीकरण तीव्र बनेको हो ।
महानिर्देशक श्रेष्ठले डोलिडारअन्तर्गतको सबैभन्दा ठूलो आयोजना एफआरटीटीमा केही दिनअघि मात्रै कुमार थापालाई ल्याएका छन् । थापा नेपाली कांग्रेसनिकटका कर्मचारी हुन् । उनलाई करिब १४ अर्ब बजेट रहेको सो आयोजनाको प्रमुखको जिम्मेवारी दिइएको छ । सो आयोजनामा रहेका कृष्णबहादुर कटुवाललाई भने विभागमा पेन्डिङमा राखिएको छ । सो आयोजनामा ल्याइएको थापा यसअघि भने डोलिडारअन्तर्गतकै उन्नति नामक आयोजनामा थिए । उक्त आयोजना ४ करोडको मात्रै रहेको बताइन्छ ।
महानिर्देशकमा श्रेष्ठ आएपछि कांग्रेसनिकट कर्मचारीहरूलाई छानीछानी राम्रा आयोजनाहरूको जिम्मा दिइएको छ । अहिले डोलिडारअन्तर्गतका विभिन्न आयोजनामा कांग्रेसनिकट सीडीई शम्भू कार्की, उमाशंकर साह, अमृत श्रेष्ठ, सुरेश केसीकै हालीमुहाली रहँदै आएको बताइन्छ । ती कर्मचारीहरू वर्षौंदेखि डोलिडारको केन्द्रमै रहेर हालीमुहाली चलाउँदै आएका छन् । जिल्लाहरूमा नजाने र केन्द्रमै बसेर कोअर्डिनेटरका रूपमा काम गर्नेमा ती कर्मचारीहरूको नाम अग्रपंक्तिमै आउने बताइन्छ । यसैबीच, डोलिडारअन्तर्गतको विभिन्न आयोजनाको कार्यक्रममा विदेश भ्रमणमा जानेहरूमा स्थानीय विकास मन्त्रालयका सचिव, सहसचिवहरूको नाम पहिलो नम्बर आउने गरेको बताइन्छ । डोलिडारकै खर्चमा सचिव दिनेशकुमार थपलिया अहिले भारतको भ्रमणमा गएका छन् । उनी २८ गते मात्रै भारतबाट फर्किने कार्यक्रम रहेको छ । यसअघि भने उनी बेलायत गएका थिए । बेलायत घुमेर दसैं मान्न नेपाल आएलगत्तै उनी भारत गएका हुन् ।
डोलिडारकै कार्यक्रममा धेरैपटक विदेश भ्रमणमा जानेहरूमा मन्त्रालयका सहसचिव रामकृष्ण सापकोटा, पुरुषोत्तम नेपाल, पवनकुमार श्रेष्ठ र डिजी श्रेष्ठ पर्दछन् । पछिल्लो समय सचिव र सहसचिवहरूले प्रायः युरोपियन देशहरूका भ्रमण गरेका छन् । विदेश भ्रमणमा जाँदा आकर्षक भत्ता आउने गरेका हुँदा मन्त्रालयका उच्च तहका कर्मचारीहरू बिनामापदण्ड नै विदेश भ्रमण जाने गरेको बताइन्छ । यसैगरी, डोलिडारका डीडीजी ईश्वरचन्द्र मरहठ्ठाले व्यापक रूपमा कर्मचारीहरू भर्ना गरिरहेका छन् । उनी डोलिडारअन्तर्गतकै भूकम्प पुनर्निर्माण आयोजनाका प्रमुख हुन् । माओवादीनिकट मानिने उनले उक्त आयोजनामा माओवादीका कार्यकर्ताहरूलाई प्रक्रिया नपु¥याउन धमाधम भर्ना गरिरहेको बताइन्छ । उनले दर्जनौं मानिसलाई बिनाप्रक्रिया कार्यालय सहयोगी, कम्प्युटर अपरेटर र ओभरसियरजस्ता पदहरूमा भर्ना गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply