पारदर्शिता नै मेरो मुल मन्त्र
विगतमा पनि सांसद भएर खेलेको भूमिकालाई कसरी समिक्षा गर्नुहुन्छ ?
सम्भवत अधिल्लो व्यवस्थापिका संसदमा रहेका ६०१ मध्ये म मात्र त्यस्तो सांसद हुन् जसले संसद विकास कोषबाट प्राप्त वजेट खर्चको सम्पूर्ण हिसाव किताव पारदर्शी रुपमा सार्वजनीक गरें । त्यसको सम्पूर्ण विवरण प्रकाशन गरेर जनताको घरघरमा पु¥याए । काम गर्दा लोभ र लाभमा होइन जनताको आवश्यकतालाई ध्यानमा राखेर वजेट बाँढफाँड गरें । अर्को कुरा रामविरको अर्काे सशक्त पक्ष भनेको उनको नैतिकता र चरित्रमा कुनै दाग नलाग्नु हो भन्छन् यहाँका जनता । जुन कुरा मेरो मुखबाट भन्नु स्वभाविक हुन्न । कतिपय सांसदहरु आफ्नो लाभका लागि कमीशन र घुसखोरीमा चुर्लुम्म डुबिरहदा मैले सम्पूर्ण आर्थिक किर्याकलापलाई पारदर्शी रुपमा सार्वजनिक गरें र यदी कसैले रामविरले अनियमीतता गरेको प्रामाणीत गरे भने सिंगो राजनितिक जीवन नै परित्याग गर्ने सार्वजनिक रुपमा घोषणा गरिदिँए । त्यसैले मेरो जस्तो राजनीतिक आर्थिक पारदर्शिता सबैले अपनाउनु प¥यो । पारदर्शिता नै मेरो मुल मन्त्र हो ।
तपाँइको एजेण्डा के के छन् ?
स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने कुरालाई मध्यनजर गर्दै सम्पूर्ण जनताको स्वास्थ्य विमा लगायत हस्पिटलको स्तर उन्नती साथै जनस्वास्थ्य सम्बन्धी अन्य विभिन्न योजनाहरुलाई प्राभावकारी रुपमा अगाडी बढाउने मेरोे योजना छ । त्यस्तै शिक्षाले नै जनताको चेतना स्तरलाई मापन गर्दछ, तसर्थ वर्तमान यूग सुहाउँदो २१औँ सताव्दीको प्राविधीक शिक्षामा जोड दिदैँ हरेक विद्यालयमा ईलाईव्रेरी र इलर्निङका माध्यामबाट पठनपाठन गराउँन आवश्यक पहल गर्ने योजना छ । त्यस्तै क्षेत्र नम्बर ७ का जनतालाई लाई धनि र सम्पन्न बनाउनका लागि विभिन्न उद्योग संचालन गर्ने र त्यसबाट रोजगारी सृजना गर्ने मेरो उद्येस्य छ । विशेष गरि शिवपुरी नागर्जुन जस्ता पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रवद्धर्न गर्ने साथै इटुम्बाहल नरदेवि जस्ता ऐतिहासिक साँस्कृतिक सम्पदाहरुको महत्व उजागर गरि धार्मिक पर्यटनको विस्तार गर्ने, बाटोघाटो खानेपानीको विकास र विस्तार गर्ने, वाग्मति, विष्णुमति करिडोरका माध्यमबाट सडक समस्या समाधान गर्ने, क्षेत्रलाई स्मार्ट सिटि र स्याटलाइट सिटीमा रुपान्तरण गर्ने योजना छ ।
बाम गठबन्धन प्रति नेपाली काङ्ग्रेस लगायतका विपक्षी शक्तिहरु निकै नै आक्रोशित देखिन्छन् । यसलाई कसरी लिन सकिन्छ ?
यसपटकको राजनीति नेपालको इतिहासमा पहिलोपटक बाम गठबन्धन र दक्षिणपन्थी गठबन्धनको रुपमा २ ध्रुवीकरणमा बाँडिएको छ, यसबाट कोही पनि आत्तिनुपर्दैन । मुलुकमा सबैको हितको निम्ति भएको यो धु्रवीकरण मुलुकको अहिलेको आवश्यकता नै हो । जनताबाट हरेक राजनीतिक दलले प्राप्त गर्ने मत उनीहरुले जनताहरुको निम्ति गरेका प्रतिवद्धता र विकासकार्यमा गरेको साझेदारितामा नै निर्भर रहन्छ । विगतमा देशका उद्योगधन्दा र कलकारखाना नै बेचेर जनताका सपनाहरुमाथि कुठाराघात गरेकाहरु अहिले पनि प्रजातन्त्रको नाममा ठगिरहेका छन् । यसरी ठगी गर्ने व्यक्तिहरुलाई ठीक गर्ने परिस्थिति समेत बनेको छ अहिलेको बाम गठबन्धनसहितको निर्वाचन । यसपटक पनि कसैले पहिले जसरी जनता र राष्ट्रमाथि कुठाराघात गर्छ भने उनीहरुलाई ५ बर्षमा नै जनताहरुले ठीक गर्नेछन् ।
यसपवटकको निर्वाचनमा जुन बामगठबन्धन बनेको छ, यस गठबन्धनबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?
यस गठबन्धनले मुलुकको विकासको निम्ति नयाँ खाका कोर्नेछ । यसले नेपाललाई विकासपथमा अघी बढाउनको निम्ति नयाँ कायैदिशा अगाडि सार्नेछ । नेपालको विकास अबका दिनमा त्यत्ति गाह्रो छैन । हामीसँग भएको हिमाल र बुद्धलाई नै चिनाएर हामीले समृद्ध नेपाल निर्माण गर्न सक्छौं । यो मुलुकको जैविक विविधतालाई चिनाउँछ । नेपालीहरु विदेशमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै मुलुकमा परिवारको साथ सुरक्षित तवरले काम गरेर खान सक्ने स्वभिमानी वातावरण बनाउन सक्छ । यसैका निम्ति हामी गठबन्धनमा आवद्ध भएका हौं ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply