नेपालका कन्सल्टेन्सीमा किन खैलाबैला ?
काठमाडौं । नेपाली विद्यार्थीका लागि मेडिकल शिक्षा अध्ययन गर्न उपयुक्त गन्तव्य मानिएको बंगलादेशमा झन्डै दुई दर्जन मेडिकल कलेज नक्कली भएको प्रमाणित भएको छ । ती कलेज नक्कली भएको भन्दै त्यहाँको आधिकारिक निकायले बन्देज लगाएसँगै लाखौं असुलेर तिनलाई पढ्न पठाउन बिचौलियाको काम गर्ने कन्सल्टेन्सीहरूको मुटुमा ढ्यांग्रो बजेको छ । अहिले ती कलेज नक्कली भएको भन्दै विद्यार्थी भर्ना लिनसमेत रोक लगाइएको छ ।
बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डीजीएचएस) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बीएम एन्ड डीसी) ले मापदण्डविपरीत सञ्चालन गरेको भन्दै कालोसूचीमा राखेर डेन्टल र मेडिकल कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको जनाइएको छ ।
यसो भए पनि सयौं नेपाली विद्यार्थीलाई पनि समस्या परेको छ । स्थानीय रूपमै विद्यार्थी भर्ना लिन रोक लगाइएको जानकारी प्राप्त भएलगत्तै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्रमार्फत शिक्षा मन्त्रालयलाई जानकारी गराएको थियो । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले भर्नामा रोक लगाइएका कलेजहरूको यकिन विवरण प्राप्त गरेपछि नेपाली विद्यार्थीलाई उक्त कलेजहरूमा अध्ययनका लागि भर्ना गर्न रोक लगाइएको छ । एक अनुमानअनुसार बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या ठूलो भएकाले अहिले भर्नामा रोक लगाइएका कलेजमा झन्डै ३ सयको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् ।
कालोसूचीमा परेका र भर्नामा रोक लगाइएका कलेजहरूमा एसियन मेडिकल कलेज, बसुन्धरा एड–डिन मेडिकल कलेज, एइची मेडिकल कलेज, अब्दुल हमिद मेडिकल कलेज, ब्रह्मानवरिया मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, केयर मेडिकल कलेज, पार्क भ्यु मेडिकल कलेज, यूएस बंगला मेडिकल कलेज, चटग्राम इन्टरनेसनल मेडिकल कलेज, विक्रमपुर भुइयन मेडिकल कलेज, मोनोएरा सिक्दर मेडिकल कलेज, नर्थन इन्टरनेसनल मेडिकल कलेज, केयर मेडिकल कलेज, इक्वाल, शाहउद्दिन मेडिकल कलेज, अब–दिन बसुन्धरा मेडिकल कलेज, सफेना डेन्टल कलेज, नर्थन मेडिकल कलेज, सिटी मेडिकल कलेज, नाइटिंगेल मेडिकल कलेज, बीजीसी ट्रस्ट मेडिकल कलेज छन् ।
यसअघि बंगलादेश सरकारको मापदण्डविपरीत सञ्चालनमा रहेका तीनवटा शैक्षिक संस्था शाहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको अनुबन्धन प्राप्त जलालाबाद रागिव–रबेया मेडिकल कलेज, युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र गोनोसास्थया युनिभर्सिटीको अनुबन्धन प्राप्त गोनोसास्थया समाज भित्तिक मेडिकल कलेजमा नेपाल मेडिकल काउन्सिलले पनि विद्यार्थी भर्ना गर्नमा रोक लगाइसकेको छ ।
बंगलादेशमा कलेज भर्नामा रोक लगाइएको हल्लाले यतिखेर विद्यार्थी एवं अभिभावक अन्योलमा परेका छन् । विद्यार्थीहरूलाई त्यसरी नक्कली कलेजमा पढाउन पठाउने र अहिले अलपत्र पार्ने कन्सल्टेन्सी तथा शैक्षिक माफियाहरूलाई कारबाही गर्नुपर्ने कुरा उठेको छ । यता, यो व्यवस्था लागू भए पनि कन्सल्टेन्सीहरूले भने विद्यार्थीका अभिभावकलाई अहिले नयाँ भर्नामा रोक लगाइएका तर पहिलेदेखि पढिरहेका विद्यार्थीहरूलाई कुनै असर नपर्ने र निरन्तर पढ्न पाउने भन्दै आश्वासन दिइरहेका
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply