खगराज किन बने खलनायक ?
काठमाडौं । आन्तरिक विवाद नमिल्दा अरू प्रदेशमा मुख्यमन्त्री निर्वाचित भए पनि प्रदेश नम्बर ४ मा भने केही समय ढिलाइ भयो । नेकपा (एमाले) का सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी देखिएपछि पार्टीभित्र एउटै समूहका भनेर चिनिनेबीच नै प्रतिस्पर्धा देखिएको थियो । तर, अन्तिममा भने मुख्यमन्त्रीका लागि चुनाव लडेको समयदेखि नै हेरिएका पृथ्वीसुब्बाले बाजी मारे ।
चुनावको समयताका ४ नम्बर प्रदेशमा किरण गुरुङको मुख्यमन्त्रीमा खासै चर्चा थिएन । सबैले भावी मुख्यमन्त्रीका रूपमा पृथ्वीसुब्बालाई नै हेरेका थिए । तर, चुनावको परिणाम आएपछि भने किरणले पनि मुख्यमन्त्रीमा दाबी गरे । उनको दाबी यति कडा रह्यो, दुवै आकांक्षीले आलोपालो मुख्यमन्त्री चलाउनेसम्म कुरा एमालेभित्र उठ्यो । साथै, किरणलाई पहिले मुख्यमन्त्री बनाउने वर्णानुक्रमअनुरूप मुख्यमन्त्री तोक्ने कुरासमेत उठ्यो ।
किरणले मुख्यमन्त्री बन्ने चाहना राख्नुको पछाडि कास्की–१ बाट निर्वाचित सांसद खगराज अधिकारीको मुख्य हात रहेको बताइन्छ । अधिकारीले उचालेकै कारण किरणले मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर, अरू प्रदेशमा एमालेले मुख्यमन्त्री चयन गर्दा चुनावी प्रक्रिया अपनाए पनि ४ नम्बर प्रदेशको हकमा भने चुनाव नगर्ने अडान केही नेताहरूले राखेका थिए । १ र ३ नम्बर प्रदेशमा चुनावी प्रक्रियाबाट मुख्यमन्त्री छनोट भए पनि ४ नम्बरमा भने चुनावको साटो आलोपालोको कुरा उठेको थियो । चुनाव हुँदा किरणले हार्ने र पृथ्वीसुब्बाले जित्ने निश्चित रहेकोले अधिकारीकै जोडबलमा चुनाव नगरी आलोपालोको कुरा उठेको थियो ।
सो प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमालेको २४ सांसद रहेका छन् । अरू प्रदेशमा जस्तै मतदान भएको भए पृथ्वीसुब्बाले १८ र किरणले ६ मत ल्याउने अनुमान गरिएको छ । मतदान प्रक्रियामा जाँदा किरणले नजित्ने भएपछि नै आलोपालो र त्यसमा पनि वर्णानुक्रममको कुरा उठाइएको थियो । कास्की–१ का सांसद अधिकारीले किरणलाई बोकेर हिँडे पनि सोही जिल्लाको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद जगत् विश्वकर्मा भने पृथ्वीसुब्बाकै पक्षमा उभिएका थिए । एउटै जिल्लाका दुई सांसद छुट्टाछुट्टै व्यक्तिका पक्षमा उभिएपछि एमालेलाई पनि अप्ठेरो परेको बताइन्छ । अझ, मुख्यमन्त्रीमा दाबी गरेका दुवै गुरुङ, अधिकारी र विश्वकर्मा पार्टीभित्र एउटै समूहका रहेका हुँदा ४ नम्बरको मुख्यमन्त्रीको विवाद मिलाउन नेतृत्वलाई पनि हम्मेहम्मे परेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply