राष्ट्रपतिको उम्मेदवार यसरी चुनिँदै
काठमाडौं । नेकपा (एमाले) ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ नेता झलनाथ खनालमध्ये एकलाई उम्मेदवार बनाउने गरी तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनालसहित नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङलगायतसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटामा राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित रहेर छलफल गरेका छन् । त्यसक्रममा उनले वतर्मान राष्ट्रपति भण्डारीलाई नै दोहो¥याउँदा उपयुक्त हुने धारणा राखेका छन् ।
राष्ट्रपति भण्डारी दुई वर्षको संक्रमणकालमा मात्र राष्ट्र प्रमुख भएकाले पूर्ण कार्यकाल बिताउन नपाएको र नदोहो¥याउँदा राज्यलाईसमेत सेवासुविधाका हिसाबले भार पर्ने भएकाले सम्मानको ‘सेरोमोनियल’ पद दोहो¥याएरै जाँदा पार्टी र मुलुकका लागि राम्रो हुने प्रधानमन्त्री ओलीले धारणा राखेका छन् । राष्ट्रपतिजस्तो गरिमामय पद पार्टीले सर्वसम्मत छान्नुपर्नेमा सबै नेता एकमत रहे पनि दोहो¥याउन उपयुक्त हुने कि नहुने विषयमा भन्दा कतिपय नेताको फरक–फरक धारणा रहेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपति र उपराष्ट्रपति पद दुवै दोहो¥याउने समझदारी गरिसकेकाले वर्तमान राष्ट्रपति भण्डारीले नै निरन्तरता पाउने धेरै सम्भावना छ । तर, पार्टीभित्र सल्लाहै नगरी पहिल्यै उम्मेदवार तय गरेकोमा वरिष्ठ नेता खनालसहितका नेताहरू असन्तुष्ट छन् । यो समाचार तयार पार्दासम्म राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भइरहेको थियो ।
स्थायी समितिमा राष्ट्रपति दोह¥याउन हुने कि नहुने विषयमा दुवैखाले मत छ । दोहो¥याउनुपर्ने मत राख्ने नेताहरूले छोटो अवधिको संक्रमणकालीन नेतृत्वमा भण्डारीले कुनै विवादस्पद काम नगरेको, महिला राष्ट्रप्रमुखका रूपमा पार्टीका पक्षमा समाजमा सकारात्मक सन्देश सम्प्रेषित भएको धारणा राख्दै आएका छन् । त्यस्तै, भण्डारीको विकल्पमा खनाललाई बनाउन उपयुक्त हुने मत राख्ने नेताहरूले उनको शालीन व्यक्तित्व, राजनीतिक योगदानका साथै सेरोमोनियल पद दोह¥याउनुको सट्टा अर्कोलाई अवसर दिँदा नेताहरूको पनि उपयुक्त व्यवस्थापन हुने मत राखिरहेका छन् । दुवैखाले विचार उत्तिकै महत्वपूर्ण रहेकाले शीर्ष नेताहरू कित्ताबन्दीमा उभिएका छैनन् । माओवादी केन्द्रसँगसमेत एकता भइरहेका बेला पार्टीभित्र सर्बसम्मत अघि बढ्नुपर्ने पक्षमा शीर्ष तहका सबै नेता सजग र गम्भीर रहेका कारण मत विभाजनको अवस्था आएको छैन । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका प्रकाशित गरेकाले आजै एमालेका तर्फबाट उम्मेदवारी दर्ता हुँदै छ । कांग्रेसले अहिलेसम्म कसलाई उठाउने तयारी गरेको छैन । त्यस्तै, भण्डारी नै दोहोरिने धेरै सम्भावना रहेका कारण माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै पुनः उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply