पाठकका कारण अख्तियार बदनाम
काठमाडौं । लोकमानसिंह कार्की, दीप बस्न्यातजस्ता बदनाम पात्र बिदा भएपछि सुध्रिने अपेक्षा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अझै एक जना आयुक्तका कारण बदनाम छ । अहिले आयोगको कामु आयुक्त राम्रो छवि निर्माण गरेका नवीनराज जोशी छन् । तर, राजनारायण पाठकजस्ता घुस्याहा आयुक्तका कारण अख्तियारमाथि लोकमानसिंहको पालादेखि लागेको दाग हटेको छैन ।
आयोग स्रोतका अनुसार पाठकको ध्यान घुस खानेभन्दा अरू केहीमा छैन । पहिले सरकारी वकिल हुँदादेखिको ५ सय, हजार, ५ हजार, १० हजार जति पाए पनि खाने बानी अझै पनि नहटेको भन्दै अख्तियारभित्रै उनको आलोचना हुने गरेको छ । अख्तियारमा गएपछि जुनजुन मन्त्रालयको जिम्मेवारी पाए, त्यहीत्यही उनी बदनाम हुने गरेको बताइन्छ । पूर्वप्रमुख आयुक्त लोकमानले सम्म बदनाम भन्दै पटकपटक उनको जिम्मेवारी खोस्ने गरेका थिए । त्यसपछि दीप बस्नेतले पनि उनलाई राम्रो मन्त्रालय दिएका थिएनन्् । अहिले घिमिरे कामु भएर आएपछि उसले भूमिसुधारजस्ता जनसम्पर्क बढी हुने मन्त्रालय मागेका थिए, तर पाएनन् । भूमिसुधार हेर्ने जिम्मा नपाए पनि आफैं मालपोतमा फोन गर्दै अवैधानिक रूपमा जग्गा रोक्का गर्न दबाब दिने गरेपछि उनीबाट मालपोत कार्यालय पनि दिक्क भएको बताइन्छ । अति नै गरेपछि अहिले मातपोत कार्यालयहरूले उनीसँग लिखित माग्न थालेका छन् । स्रोतका अनुसार जग्गा दलालहरूले यो जग्गा रोक्का गर्नुप¥यो भन्दै पाठकलाई पैसा चढाउने गरेका छन् । उनलाई यस्ता काममा नापीका सर्वेक्षक शुभकान्त झाले पछाडिबाट मद्दत गर्ने गरेको बुझिएको छ ।
धनुषा घर भएका झाको डेराडन्डा नै अख्तियारमा पाठककै कार्यकक्षमा हुन्छ । ललितपुर नापीमा हुँदा धेरै सरकारी जग्गा दर्ता गरेर अथाह सम्पत्ति आर्जन गरेका झा अहिले नापीको कर्मचारी भए पनि प्लटिङको काम गर्छन् । इमाडोलमा खोलाको जग्गा दर्ता गरेर करोडौं कुम्ल्याएका झाको मुद्दा अख्तियारमा अहिले पनि छँँदै छ । यसअघि ललितबहादुर लिम्बू र वेदप्रसाद शिवाकोटी अख्तियार आयुक्त हुँदा यूएन पार्कको स्वामित्वमा रहेको एक रोपनी जग्गा कुत्सित मनशायका साथ व्यक्तिका नाममा दर्ता गर्न निर्देशन दिएर करौंडो कुम्ल्याएका थिए । जबकि, त्यो उनीहरूको अधिकार क्षेत्रभित्र नै पर्दैनथ्यो । त्यो मुद्दा सर्वोच्मा पुगेपछि सर्वोच्चले अख्तियारलाई उनीहरूलाई विभागीय कारबाही गर्नू भनेर चिठी लेखेर पठाएको थियो । अहिले पाठक पनि लिम्बू र शिवाकोटीकै पथमा हिँडेर अख्तियारलाई नै बदनाम बनाउन तल्लीन रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply