सरुवा नपाउने राजदूतका ठूला कुरा
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत नियुक्त हुनुअघिसम्म अर्जुन कार्कीको नाम कूटनीतिक वृत्तमा कसैले सुनेको थिएन । नेपालका गरिब र गरिबीका कथा अंग्रेजी भाषामा लेखेर विदेशीलाई पकाउँदै रकम ल्याउने र आरआरएन नामक एनजीओ चलाएर नेताहरूलाई प्रभावित गर्न सफल कार्कीले तीन वर्ष अमेरिकामा बिताएपछि अबचाहिँ यसमा रस पसेछ भन्ने उनका पछिल्ला गतिविधिले देखाएको छ ।
केपी ओलीको नेतृत्वमा सरकार बन्नासाथ त्यही भएर भारतका लागि राजदूत भएर जान लबिङ गर्न काठमाडौं आएका कार्की अहिले यतै छन् । सुशील कोइरालाको पालामा अमेरिकाका लागि राजदूत नियुक्त भएका कार्कीले आफ्नो जीवनीमा २० वर्षदेखि कूटनीतिमा सक्रिय रहेको उल्लेख गरे पनि उनी एनजीओकर्मीबाहेक केही होइनन् भन्ने कुरा यसबीचमा पनि पुष्टि गरेका छन् । उनको कार्यकालमा न अमेरिकामा रहेका नेपाली समुदायसँग समुधुर सम्बन्ध रह्यो, न त उनले कुनै प्रभावकारी काम गर्न नै सके ।
रमाइलो कुरा त के छ भने तोकिएको ठाउँमा सिन्को भाँच्न नकसे पनि कार्कीलाई चाहिँ आफूले निकै गरेको लागेको रहेछ । जब उनी काठमाडौंमा आएर भारतका लागि राजदूतमा सरुवा हुन पाऊँ भन्दै लबिङ गरे, तब पो नेताहरू उनका कुरा सुनेर छक्क परे । नेताहरूलाई फाइदा हुने काम गरेर पट्याउन बानी परेका कार्कीका हातमा यसपटक चाहिँ सोचेजस्तो फलचाहिँ नलाग्ने देखिएको छ ।
प्रधानमन्त्री ओली भारत जानुअघि नै राजदूतमा नियुक्त हुने र संसदीय सुनुवाइ नहुँदै भावी राजदूतका रूपमा दिल्ली जाने इच्छासहित काठमाडौं उत्रिएका उनले खुबै लबिङ गरे । एक दिनको क्याबिनेटमा त आजै हुन्छ कि जस्तो भएको थियो । तर, अन्ततः एउटै व्यक्तिलाई बिनाविशेष क्षमता यसरी दोहो¥याउन नहुने कुरा उठेपछि उनको नियुक्ति टरेको छ ।
यही कुरा थाहा पाएर कार्कीले अहिलेचाहिँ होइन, म भारत जना चाहेको होइन, अमेरिकाको राजदूत भइसकेको व्यक्ति कहाँ भारत जानु भन्दै अंगुर अमिलो छ भन्ने उखान चरितार्थ गरिरहेका छन् ।
उसो त कार्कीले नाकाबन्दीका बेला आफू अमेरिकाबाट दिल्ली आएर खुलाउन सक्रिय रहेको भन्दै फुर्ती लाउने नगरेका होइनन् । यतिसम्म कि अमेरिका जाँदा र पछि दिल्ली जाँदासमेत ओलीले राष्ट्रिय सभामा लगेर (अहिले युवराज खतिवडालाई अर्थमन्त्री बनाएजस्तै) परराष्ट्रमन्त्री बनाइदिउँला भनेकोसम्म फुर्ती लगाउने गरेका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply