भद्रगोलमै सकियो बुद्ध जयन्ती
काठमाडौं । निकै होहल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती अस्तव्यस्त र भद्रगोल तरिकाले समापन भएको छ । वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा आयोजित सम्मेलन तथा जयन्तीलाई अव्यवस्थित र खल्लो बनाउने कार्यमा लुम्बिनी विकास कोषका पदाधिकारीहरूकै भूमिका रहेको बताउन थालिएको छ ।
कोषका कार्यरत कर्मचारीहरूलाई उचित रूपले परिचालन नगरी कोषका पदाधिकारीहरू र बोर्ड सदस्यहरूले नै सबै व्यवस्थापनको जिम्मा लिएको हुँदा सम्मेलन र जयन्तीको व्यवस्थापन पक्ष फितलो बन्न पुगेको हो । सबभन्दा लाजमर्दो त, प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दा हुन पुगेको थियो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दागर्दै विद्युत् प्रसारण बन्द हुन पुगेको थियो । विद्युत् प्रसारण करिब पाँच मिनेटसम्म बन्द भएपछि प्रधानमन्त्री ओली असिनपसिन हुँदै मञ्चमै बस्नुपरेको थियो ।
कार्यक्रम पनि करिब ४ करोड रुपियाँ खर्च गरेर बनाइएको हलमा नगरी ४ सय जना अट्ने चाइना हलमा गरिएको थियो । सम्मेलन र बुद्ध जयन्ती मनाउने भनेरै सेनालाई ४ करोडमा हल बनाउने जिम्मा दिइएको थियो । तर, त्यो हलमा कार्यक्रम नभई अन्यत्रै कार्यक्रम भएपछि झनै अस्तव्यस्त बन्न पुगेको थियो । चाइना हलमा ४ सय कुर्सी राखिए पनि करिब ६ सय जनाजति मानिस उपस्थित भएका थिए । कुनै पंखाको व्यवस्था नभएको हुँदा आगन्तुकहरू असिनपसिन हुन पुगेका थिए ।
यसैगरी, विदेशी पाहुनाई लक्षित गरी तयार पारिएको खाना पनि गुणस्तरहीन भएपछि विदेशी पाहुनाहरूले अघोषित रूपमा बहिष्कारजस्तै गरेका थिए । करिब ५ सय आगन्तुकहरूलाई बनाइएको खाना नमीठो भएपछि अधिकांशले खाना खाएनन् । विदेशी पाहुनाहरूले बाहिर गएर खाना खाएका थिए ।
बुद्ध जयन्तीको दिन बिहान आगन्तुकहरूका निम्ति तयार पारिएको प्रसाद (खाजा) पनि समयमै नआइपुगेको हुँदा आगन्तुकहरूले खान पाएनन् । खासगरी बुद्ध जयन्तीको दिन रूपन्देहीका विभिन्न विद्यालयबाट विद्यार्थीहरूलाई निम्त्याइएको थियो । विद्यार्थीहरूलाई बिहानको खाजाका रूपमा मिठाई र फलफूल दिने उद्देश्यले खाजाको व्यवस्था गरिएको थियो । तर, आयोजकको लापरबाहीका कारण खाजा समयमै नआइपुग्दा टाढाटाढाबाट आएका विद्यार्थीहरू भोकै परेका थिए । एउटा प्याकेट खाजाको २ सय रूपैयाँ खर्च गरिएको थियो ।
करिब २ करोड खर्च गरिएको अन्तर्राष्ट्रिय सम्मेलन र बुद्ध जयन्ती निकै तामझाम र व्यवस्थित रूपले सम्पन्न गर्ने आयोजकको चाहना रहे पनि सो पूरा हुन सकेन । भद्रगोल व्यवस्थापनका कारण सम्मेलन र बुद्ध जयन्ती खल्लो हुन पुगेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply