अखिलमा केटाकेटी शैली
काठमाडौं । अनेरास्ववियुमा केही पदाधिकारीले केटाकेटी शैली प्रस्तुत गरेपछि भद्रगोल भएको छ । महासचिव ऐन महरले संगठन सञ्चालनसम्बन्धी पूर्ण अधिकार प्राप्त गरेका कार्यवाहक अध्यक्ष महेश बर्तौलासँग कुनै परामर्श नगरी फेसबुकबाट बैठक आह्वान गरेपछि केटाकेटी शैली प्रस्तुत भएको हो । अध्यक्षसँगको परामर्शमा मात्र बैठक बोलाउने व्यवस्था भए पनि महासचिव महरले कसैलाई नसोधी फेसबुकबाटै बैठक आह्वान गरेका थिए ।
सो कुराको सर्वत्र आलोचना भएपछि हिजो बसेको अनेरास्ववियुको स्थायी समिति बैठकमा महासचिव महरले माफी मागेका थिए । तर, कार्यवाहक अध्यक्ष बर्तौलाले भने संगठनमा कुनै विवाद नभएको दाबी गरे । आगामी जेठ ४ र ५ गते अनेरास्ववियुको केन्द्रीय कमिटी बैठक आह्वान भएको र सो बैठकमा संगठनको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।
सो केन्द्रीय कमिटी बैठकले संगठनलाई नयाँ नेतृत्व दिनेसमेत अपेक्षा गरिएको छ । सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन नभए निर्वाचनबाट भने पनि नयाँ नेतृत्व चयन गर्न अधिकांश केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply