डोलिन्द्रको पुरस्कारको नौटंकी
काठमाडौं । साझा प्रकाशनका कर्मचारीहरूले तलब नपाएको नौ महिना बितिसक्यो । तर, अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने कर्मचारीलाई कसरी तलब दिने भन्नेतिर चासो राख्नुको साटो साझा पुरस्कार बाँड्ने नौटंकी गरेका छन् ।
केही दिनअघि मात्रै साझाले साझा पुरस्कारको घोषणा गरेको हो । २०७३ सालको साझा पुरस्कार जय छाङ्छाको किताब ‘दोहाको सिधा उडान’लाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । साझा पुरस्कारका साथै गरिमा सम्मान र साझा लोकसाहित्य पुरस्कार पनि दिने निर्णय गरिएको छ ।
यसअघि २०६९ सालमा ठाकुर बेलवासेलाई साझा पुरस्कार दिइए पनि अहिलेसम्म बेलवासेले सो पुरस्कारबापतको रकम पाउन सकेका छैनन् । बेलवासेले आफूले साझा पुरस्कारबापतको ५१ हजार रुपैयाँ नपाएको कुरा बताउँदै आएका छन् । तर, बेलवासेले पुरस्कारको रकम नपाए पनि महाप्रबन्धक शर्माले बेलवासेकी श्रीमतीलाई भने साझामा करारमा नियुक्त गरेर पुरस्कारको रकमबापतको क्षतिपूर्ति तिरेको चर्चा हुँदै आएको छ ।
२०७० र २०७१ सालमा साझाले खासै पुस्तकहरू नछापेको हुँदा ती दुई वर्षको पुरस्कार भने दिइएको थिएन । २०७२ सालको पुरस्कार भने अन्तिम समयमा आएर रद्द गरिएको थियो । अहिले अमेरिकामा बसिरहेका गोविन्द गिरी ‘प्रेरणा’ले सो वर्षको साझा पुरस्कार आफूले पाउने हल्ला व्यापक रूपमा चलाएपछि अन्तिम समयमा आएर सो पुरस्कार नै रद्द गर्नुपरेको थियो ।
एक वर्षको पुरस्कारको राशि पुरस्कृत स्रष्टा नपाए पनि अध्यक्ष शर्माले लोकप्रिय हुनैका लागि कर्मचारीहरूलाई तलब नखुवाई–नखुवाई पुरस्कार दिने घोषणा गरेका छन् । नौ महिना बितिसक्दा पनि साझाको केन्द्रीय कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरूले तलब पाउन सकिरहेका छैनन् । तर, केन्द्रीय कार्यालयमा कार्यरत करारका कर्मचारीहरूले भने पुससम्मको तलब पाइसकेका छन् । कुनैकुनै शाखाका कर्मचारीले भने चैतसम्मको तलब लिइसकेका छन् । अहिले साझामा स्थायी ७२ र करारमा ५९ कर्मचारी कार्यरत छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply