गुरुहरू नै सिन्डिकेटमा दत्तचित्त
काठमाडौं । पाँच वर्षअघि सुरु भएको सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयको सिन्डिकेटको कारण विवादमा पर्न पुगेको छ । २०७० सालमा त्रिविले सेमेस्टर प्रणाली लागू गरेर त्यसको सुरुवातसमेत गरेको थियो ।
त्यसपछि भने २०७४ सालमा उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरियो भने २०७५ सालदेखि सरकारले देशैभरि लागू गर्ने निर्णय गरेको छ । उपत्यकामा भने त्रिवि, रत्नराज्य लक्ष्मी, पद्मकन्या, त्रिचन्द्र र सानोठिमी क्याम्पसमा सेमेस्टर प्रणाली सञ्चालन हुँदै आएको छ । तर, उपत्यकामा २०७४ वैशाख २४ गतेदेखि सेमेस्टर प्रणाली लागू भए पनि पहिलो सेमेस्टर गएको असोजमा सकिनुपर्नेमा तीन महिना पछाडि धकेलिएर पुस मसान्तमा मात्र अन्तिम परीक्षा हुन पुगेको थियो । परीक्षा सकिएको दुई महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि पाँच महिना बितिसक्दा पनि अहिलेसम्म नतिजा सार्वजनिक हुन सकेको छैन ।
अहिलेसम्म परीक्षाको नतिजा सार्वजनिक नहुनुमा त्रिविका प्राध्यापकहरूले लादेको सिन्डिकेट नै प्रमुख कारण रहेको बताइन्छ । त्रिविका डिन डा. सुधा त्रिपाठीले सहायक डिन शरदचन्द्र ठाकुरलाई सेमेस्टरको परीक्षा हेर्नका लागि जिम्मा दिएकी थिइन् । तर, त्रिविका प्राध्यापकहरूले सहायक डिन ठाकुरलाई दबाब र प्रभावमा पारेर आफूअनुकूलका कामहरू गर्दै आएका छन् ।
अहिलेसम्म त्रिविका प्राध्यापकहरूले आफंैले प्रश्नपत्र तयार पार्ने, आफंैले जाँच्ने र आफ्ना विद्यार्थीहरूलाई टपर बनाउने काम गर्दै आएका छन् । सेमेस्टर प्रणाली लागू भएपछि त्यसको परीक्षा केन्द्र कीर्तिपुरमा रहँदै आएको छ भने गार्ड पनि त्रिविकै प्राध्यापकहरू बस्ने गरेका छन् । त्यसको कक्षा सञ्चालन पनि त्रिविमा नै हुँदै आएको छ । त्रिविकै प्राध्यापकहरूले सबै काममा हस्तक्षेप गर्न थालेपछि परीक्षाको नतिजा निष्पक्ष र शुद्ध होला भनी विद्यार्थीहरूले आस गर्न छाडेका छन् । त्यस्तै, ६ महिनाको सेमेस्टर प्रणालीको एक वर्षसम्म नतिजा प्रकाशित हुन नसक्दा दुई वर्षमा सकिनुपर्ने सो प्रणाली चार वर्ष लाग्ने देखिएको छ । तर, यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन । यातायात क्षेत्रमा सिन्डिकेट हटे पनि शिक्षा क्षेत्रमा रहेको सिन्डिकेट कहिले हट्ला भन्ने प्रश्न अहिले उठ्न पुगेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply