जलविद्युत्को अनुमतिपत्रमा घोटाला
काठमाडौं । विद्युत् विकास विभागले जारी गरेको हुम्लाका दुई जलविद्युत् आयोजना हुम्ला कर्णाली एक र हुम्ला कर्णाली दुई गरी ५७० मेगावाटका दुई आयोजनाको लाइसेन्स वितरण प्रक्रियामा २५ करोडभन्दा बढी रकमको चलखेल भएको भन्दै उक्त अनुमतिपत्र खारेजीमा लैजानुपर्ने विद्युत् उत्पादकहरूले माग गरेका छन् ।
केही दिनअघि मात्र विद्युत् विकास विभागले उक्त दुई आयोजनाको अनुमतिपत्र चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जी एन्ड टेक्नोलोजी कर्पाेरेसन लिमिटेडलाई दिएको थियो । ऊर्जामन्त्री वर्षमान पुनलाई समेत थाहै नदिई विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहको एकल निर्णयमा उक्त आयोजनाको सर्वेक्षण लाइसेन्स चिनियाँ कम्पनीलाई दिएको ऊर्जाका अधिकारीहरूले बताएका छन् । ‘यसमा झन्डै २५ करोडभन्दा बढीको चलखेल भएको छ,’ नाम नबताउने सर्तमा ती अधिकारीले भने । यस आयोजना प्रदेश नम्बर ६ मा पर्ने भएकाले यो आयोजनाको सर्वेक्षण अनुमतीपत्र वितरण प्रक्रियामा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपराज शर्माको समेत मुख्य हात रहेको ती अधिकारीले बताए ।
यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र चिनियाँ कम्पनी सिचुवान वाङपिङलाई नै दिनुपर्छ भन्दै मन्त्रालय र विभागमा लबिङ गर्दै हिंडेका तिब्बतियन मूलका चिनियाँ नागरिक लुसु, जो चिनियाँ कम्पनी सिचुवान वाङपिङका नेपालका एजेन्ट हुन् । उनकै सहयोगमा लाइसेन्स वितरण प्रक्रियामा २५ करोडभन्दा बढीको चलखेल भएको स्रोतले बताएको छ ।
२५ करोडमा मुख्यमन्त्री शाहीले १२ करोड, ऊर्जा सचिव अनुप शर्माले ५ करोड, चिनियाँ एजेन्ट लुसुले ५ करोड र अन्यले ३ करोडभन्दा माथिको रकम हात पारेको अधिकारीहरूले बताएका छन् । हामीहरूले यस विषयमा अख्तियारमा समेत जानकारी गराएका छौं,’ ती अधिकारीले भने ।
यसरी अनुमति दिइएका दुई आयोजनाहरूमा २ सय ३५ मेगावाटका हुम्ला कर्णाली–१ र ३ सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत् आयोजनाहरू रहेका छन् ।
यसले ठूलाठूला विकास आयोजना हत्याउन विदेशी लगानीकर्ता सरकारका मन्त्री र उच्चस्तरका कर्मचारीको मिलेमतो कस्तोसम्म रहँदो रहेछ भन्ने दर्साउँछ ।
विदेशी दाताहरूले उपलब्ध गराएका ठूलाठूला आयोजनाको विकास निर्माणमा ढिलाइ हुनुका पछाडि यस्ता कुराहरू रहने बताइएको छ । हुम्ला कर्णाली आयोजना हुम्लाको साया, जौरगेथी र मेलम्चीमा रहेको छ भने हुम्ला कर्णाली–२ आयोजना साया, राया, खार्दुनाथ रोधीकोट र लालीमा रहेको छ । यता सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित याम्बालिङ खोलामा ७.२७ मेगावाट विद्युत् उत्पादनका लागि चाइनिज कम्पनी जोङदिङ इन्टरनेसनल इन्जिनिरियङ कम्पनी लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ । याम्बालिङ् हाइड्रोपावर प्रालिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ विद्युत् आयोजना सम्पन्न हुने बताएका छन् ।
१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेगावाट विद्युत् आयोजना सम्पन्न गर्ने गरी रकमसमेत तोकिएको बताइन्छ । योसँगै थप ४० मेगावाटको निर्माणका लागि समेत समझदारीमा हस्ताक्षर भएको छ । कुल लागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ । उक्त पावर हाउसबाट ३३ केभी प्रसारण लाइनमार्फत ६ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रास्तावित सबस्टेसन लगेर जोडिनेछ भने ६ वर्षभित्र लगानी फिर्ता हुनेछ ।’ याम्बालिङ हाइड्रोपावर निर्माणका लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाइने बुझिएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply