५० विदेशी कम्युनिस्ट नेता काठमाडौंमा
काठमाडौं । कार्ल माक्र्स द्विशतवार्षिकीका अवसरमा माक्र्सवादबारे विमर्श गर्न १५ देशका डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीका ५० जना नेता काठमाडौंमा भेला भएका छन् ।
महान् दार्शनिक कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पूरा भएको अवसरमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालका तर्फबाट आयोजित ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन विश्वका कम्युनिस्ट पार्टीका नेताहरू काठमाडौंमा भेला भएका हुन् ।
बुधबार (आज) र भोलि (बिहीबार) होटल याक एन्ड यतीमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्दै छन् । साथै, ओलीले कार्यक्रममा ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टीसहित डेढ दर्जनभन्दा बढी विश्वका कम्युनिस्ट पार्टीका नेताहरूले सेमिनारमा कार्यपत्र प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सेमिनार आयोजक कमिटीका संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताए ।
को–को सहभागी हुँदै छन् सेमिनारमा ?
सेमिनारमा कम्युनिस्ट पार्टी अफ चाइना, सोसलिस्ट अलायन्स (अस्ट्रेलिया), कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कर्स पार्टी अफ बंगलादेश, सोसलिस्ट पार्टी अफ बंगलादेश, एमएलपीडी (जर्मनी), कम्युनिस्ट पार्टी अफ इन्डिया, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिबरेसन, जापनिज कम्युनिस्ट पार्टी, वर्कस पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका, जेभीपी (श्रीलंका), कम्युनिस्ट पार्टी अफ भियतनामले भाग लिँदै छन् । त्यस्तै, ब्राजिल, दक्षिण अफ्रिका, जाम्बियाको कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सेमिनारमा सहभागी हुँदै छन् । सेमिनारमा कम्युनिस्ट पार्टी श्रीलंकाका महासचिव गुनसेकर, जेभिपी श्रीलंकाका महासचिव सिल्भा, भियतनामी कम्युनिस्ट पार्टी विदेश विभागका उपप्रमुख लोईलगायतका उच्च तह र अधिकांश केन्द्रीय कमिटी सदस्यहरू सहभागी हुनेछन् ।
समाजवादले गरिबी होइन, समृद्धि वितरण गर्छ ः नेपाल
अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रम संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माक्र्सवाद र विश्व कम्युनिस्ट आन्दोलनको अनुभवको समीक्षा ः आगामी दिनका चुनौती र सम्भावनाहरूबारे सेमिनारमा गहन विमर्श गरिने बताए । पहिलोपटक नेपालमा करिब दुई तिहाइ बहुमतसहितको कम्युनिस्ट सरकार बन्नु धेरै ठूलो खुसीको विषय भएको भन्दै नेपालले माक्र्सवादलाई नेपालको परिप्रेक्ष्यमा लागू गरेर सरकारले सामाजिक–आर्थिक रूपान्तरण गर्दै मुलुकलाई समाजवादतर्फ अघि बढाउने विश्वास व्यक्त गरे । साथै, उनले कतिपयले माक्र्सवाद र समाजवादलाई गरिबी वितरण गर्ने वाद र व्यवस्थाका रूपमा भ्रमपूर्ण प्रचार गर्ने गरेको प्रसंग उल्लेख गर्दै समाजवाद समृद्धि वितरण गर्ने, गाँस–बास–कपाससँगै उत्पादनको न्यायोचित वितरण गर्ने तथा सबै नागरिकको स्वाभिमान र मर्यादा उचाइमा पु¥याउने व्यवस्था भएको उल्लेख पनि गरे । साथै, उनले कांग्रेस र कम्युनिस्ट मिलेरै समाजवादउन्मुख संविधान लेखेका कारण कम्युनिस्ट सरकारले त्यस दिशामा काम गर्ने बित्तिकै जस लेला कि, धेरै समय शासनमा टिक्ला कि भनेर कांग्रेसले संकीर्ण सोच राख्नुपर्ने कुनै आवश्यकता नरहेको बताए ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र युवराज चौंलागाईंको पनि उपस्थिति थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply