सानातिना समस्या सहजै हल हुन्छन् ः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमानदारीका साथ पुरा गर्ने बताए । ‘म कुनै पनि काम पर्दा पछाडि गर्दिनँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ र सबै काम पारदर्शी ढंगले गर्छु ।’ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ३६औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल, वसन्त क्षत्री, संगीता प्रधान राना, मेलिना चाम्लिङ राई पुरस्कृत भए । यसैगरी, राजनराज शिवाकोटी, शान्ति ठटाल, शिवशंकर थापा र कोमल वली पनि सम्मानित भएका छन्
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply