सहसचिव नै मन्त्रीको सुराकी !
काठमाडौं । आफ्नै मन्त्रालयमातहतको त्यो पनि माथिल्लो तहको कर्मचारी नै आफूविरुद्ध सुराकीमा लाग्छ भने त्यो मन्त्री कसरी सफल होला ? यस्तै हालत अहिले स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि आइपरेको छ ।
जुन कार्यलयमा गए पनि नटिक्ने भनेर कर्मचारी प्रशासनभित्र चिनिएका सहसचिवमधुसुदन बुर्लाकोटी अहिले १० ठाउँ चहार्दै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् । तर, उनको काम मन्त्री यादवका स्वकिय सचिव जितेन्द्र यादव र कृष्णकुमार राईलाई प्रयोग गरेर मन्त्रीकै सुराकी गर्ने रहेको बताइन्छ । कर्मचारीतिरका पीए राई त आफूलाई मन्त्रीको सल्लाहकार बताउँदै असुल्नमा तल्लीन रहेको स्रोतले वतायो । सहसचिव बुर्लाकोटीले खानपिनमा सौखिन मन्त्रीका पीएसँग बसेर खाने र मन्त्रीको सुराकी गर्ने गरेको चर्चा स्वास्थ मन्त्रालयपरिसरमा समेत चल्ने गरेको छ ।
प्रशासन सहसचिव बुर्लाकोटी पद्मा अर्याल स्वास्थ राज्यमन्त्री हुँदा सो मन्त्रालयमा सरुवा भएका हुन् । कर्मचारी युनियनसम्बद्ध विभिन्न व्यक्तिलाई पैसा खुवाएर स्वास्थ्यमा पुगेका उनले मन्त्री अर्याललाई असहयोग गरेर धुरुक्क रुवाएका थिए ।
यी यति बदनाम कर्मचारी हुन् कि जहाँ गए पनि नटिक्ने त उनको खास पहिचान नै हो । उनी अहिलेसम्म १५ भन्दा बढी मन्त्रालय र विभागमा बसिसकेका छन् । नुवाकोट, दाङ र उदयपुरको सीडीओ हुँदा धेरै बदनाम भएका बुर्लाकोटीलाई कृषिमा सरुवा हुँदा कृषि मन्त्रालयले त लिनै मानेको थिएन । विमलेन्द्र निधिको पालामा भौतिक मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागको महानिर्देशक भएका उनी त्यहाँ पनि टिकेनन् । पहिला तर्साउने, खाने र पछि कुलेलम ठोक्ने उनका सबै गलत क्रियाकलापसम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगिसकेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply