छोड्ने बेलामा पुत्र–मोह
नेपाली राजनीतिका धुरन्धर खेलाडी सूर्यबहादुर थापाले जीवनको उत्तराद्र्धमा अधिक पुत्र–मोह देखाएपछि अचानक विवादमा फसेका छन् । आफ्नो राजनीतिक विरासतका रूपमा थापाले सुपुत्र सुनील थापालाई अघि सार्नु र धनकुटाबाट दोस्रो संविधानसभाको निर्वाचनमा जिताउन भूमिका खेल्नुसम्म त ठीकै थियो । तर, वर्तमान मन्त्रिपरिषद्मा राप्रपाले एउटा मन्त्रालय पाउने भएपछि उनले एकाएक छोरालाई नै मन्त्री बनाउने चाहना राखे । त्यसपछि उत्पन्न राप्रपाभित्रको विवादको सूत्रधार उनै सूबथा बन्न पुगेका छन् ।
दक्षिण एसियाको राजनीतिमा वंशवाद कुनै अनौठो कुरा होइन । भारत, पाकिस्तान, श्रीलंकाजस्ता मुलुकहरू वंशवादको चपेटामा छन् अहिले पनि । नेपालमा पनि त्यसको हावा चल्नु स्वाभाविक हो । कोइराला परिवारको राजनीतिमा वंशवाद हावी छ अझै । तथापि, सूबथाले बुढेसकालमा आएर, परिवारवाद लागू गर्न खोज्नु अचम्मको विषय नमानिएला, तर त्यसले राप्रपाभित्र तीव्र विवाद उत्पन्न गराएको छ र सूबथाको पुत्र–मोहको तीव्र आलोचनासमेत भएको छ ।
दोस्रो संविधानसभाको ज्येष्ठ सदस्यका हैसियतले अरू सभासद्लाई शपथ खुवाउने र केही दिनसम्म बैठकको अध्यक्षता गरेर आफूलाई ‘लोकतान्त्रिक व्यक्ति’का रूपमा ढालेका थिए सूबथाले । तर, छोरालाई मन्त्री बनाउने इच्छासँगै पार्टीभित्र चुलिएको विवादले उनको छवि पुन: विवादास्पद बन्न पुगेको छ ।
हुन पनि ‘मण्डले’ राजनीतिका घाघडान खेलाडीहरू दीपक बोहरा, प्रकाशचन्द्र लोहनीलगायतले राजनीतिका बच्चा सुनील थापालाई मन्त्री स्वीकारेर किन जान्थे र † सिंगो पञ्चायतकालभरि र बहुदल आएपछि पनि सत्ताको चास्नी चाखिसकेकाहरूले त्यसको स्वाद पुन: चाख्ने अभिलाषा राख्नु स्वाभाविक हो । यी सबै बुझ्दा–बुझ्दै सूबथाले किन पुत्रलाई अघि सार्न चाहे ? बुढेसकालमा ढुक्कले आराम नगरी राजनीतिमा सक्रिय हुन खोज्दा यस्तै विवाद झेल्नुपर्छ भन्ने उनलाई थाहा थिएन होला र ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply