सार्वजनिक सेवालाई सहज बनाउने एनसेल एप ‘लेट्जगो’
काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।
एनसेल प्राइभेट लिमिटेडले रामलक्ष्मण इनोभेसन्स प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायातसम्बन्धी मोबाइल एप ल्याएको छ, जसमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बस हाल कहाँ छन् र आफूले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्दछन् । लेट्जगो एप यही शुक्रबार (भदौ ८) बाट सञ्चालनमा आउँदै छ र एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै उक्त एपको सेवा लिँदै बस स्ट्यान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । एपले प्रयोगकर्तालाई विद्यमान समयमा सञ्चालनमा रहेका सार्वजनिक बसबारे जानकारी दिन्छ र सोहीअनुसार प्रयोगकर्ताले आफूलाई पायक पर्ने बसबिसौनीमा गई बस चढ्न सक्छन् ।
लेट्जगो एप प्रयोग गर्न प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी सर्वप्रथम एप सुचारु गर्नुपर्छ । एप सुचारु गरेपश्चात् भने कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ । एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गरी यसको लाभ लिन सकिनेछ । सुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १ सय ८ वटा रुटमा सञ्चालनमा रहेका ६ सयभन्दा बढी सार्वजनिक सवारीसाधनबारे जानकारी प्रदान गर्नेछ । सवारीसाधनको जानकारी सम्बन्धित सवारीसाधनमा जडान गरिएको जीपीएस ट्राकिङ प्रणालीका आधारमा प्राप्त हुन्छन् । ग्राहकको सुविधाका लागि र डिजिटल प्रविधिमा आधारित यस नवीन सेवालाई प्रवद्र्धन गर्न एनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात्, यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क लाग्नेछैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्क लाग्नेछ ।
रामलक्ष्मण इनोभेसन्ससँगको सहकार्यमा आफ्ना ग्राहकका लागि सार्वजनिक यातायात सेवालाई सहज तथा ग्राहकमैत्री बनाउन लेट्जगो एप ल्याउन पाएको कम्पनी निकै हर्षित भएको एनसेलले जनाएको छ । यस एपले सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्न योगदान पु¥याउँदै स्मार्ट सिटीको विकासमा मद्दत पुप्याउने विश्वास कम्पनीले लिएको छ । एप प्रयोगकर्ताले आफूलाई पायक पर्ने बसबिसौनीमा आफू सवार हुने रुटको बस नजिक आउँदा अलर्ट प्राप्त गर्ने सुविधा पनि आफैं राख्न सक्छन् । यस्तो बेलामा बस र प्रयोगकर्ताको दुरी कति छ र बस भएको स्थानमा पुग्न लाग्ने समय पनि एपले जानकारी दिनेछ, जसले प्रयोगकर्तालाई आफ्नो यात्रा प्लान गर्न सहज बनाउने छ । ‘सार्वजनिक यातायातलाई यात्रु मैत्री बनाउने उद्देश्य लिई लेट्जगो एप ल्याउन पाएकोमा हामी गौरवान्वित छौं । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सार्वजनिक सवारी साधनका सञ्चालकहरू, दैनिक रूपमा सवारी प्रयोग गर्ने यात्रु अनि आमनागरिकलगायतका सम्बन्धित सरोकारवालाहरूसँग बृहत् छलफल गरेर हामीले यो एपको विकास गरेका हौं । यसले सार्वजनिक यातायात प्रयोगकर्ताको दैनिकी सहज बनाउने विश्वास छ,’ रामलक्ष्मण इनोभेसन्सका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले भने । ‘हामीसँग सहकार्य गर्दै एपलाई सार्वजनिक गरेकोमा हामी एनसेलप्रति आभारी छौं । एपलाई अझ उपयोगी बनाई प्रयोगकर्तालाई अझ परिस्कृत अनुभव प्रदान गर्न हामी यसमा अझै धेरै विशेषता थप्दै जानेछौं ।’ लेट्जगो एपमा लोकेसन सेयर, ट्याक्सी बुकिङ र आन्तरिक उडानका समय तालिकालगायत अन्य विशेषताहरू पनि रहेका छन् ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply