नापी र मालपोतमा बिचौलियाको जगजगी
काठमाडौं । आफ्नो मन्त्रालयमातहत हुने सरुवामा राम्रो व्यवस्थापन गर्ने र बिचौलियालाई पनि हटाउने भाषण गर्दै हिँडेकी भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याललाई उनकै मन्त्रालयमातहतका दुई विभागमका महानिर्देशक निकम्मा बनाउने अभियानमा छन् । सो मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन र नापी विभाग छन् । भूमि व्यवस्थापन विभागलाई पहिले मालपोत विभाग भनिन्थ्यो । यी दुई विभागका प्रमुखको काम नै अहिले सरुवामा लिलाम बढाबढ गर्दै पैसा असुल्ने रहेको छ ।
यी विभागअन्तर्गतका कर्मचारीको सरुवाको सिजन अब सुरु हुन लागेको छ । सामान्य प्रशासनले गर्ने सरुवा सकिएपछि यसको सरुवा सुरु हुन्छ । यही मौकामा काठमाडौ उपत्यकाका नापी र मालपोत कार्यालय, साथै काठमाडौंबाहिर पोखरा, विराटनगर, दाङ, नेपालगन्ज, हेटौंडा, चितवन, इटहरीलगायत जग्गाको भाउ उत्कर्षमा भएका सहरी जिल्लामा प्रमुख तथा कर्मचारी सरुवा गर्न लिलाम बढाबढ भएको हो ।
लिलाम बढाबढमा पैसा उठाउन भूमि व्यवस्थापन विभागका महानिर्देशक मुक्ति आचार्य र नापीका महानिर्देशक गणेशप्रसाद भट्ट सक्रिय छन् । स्रोतका अनुसार आचार्यले भूमि व्यवस्थापनको प्रशासन अधिकृत रत्नमान उदासलाई मालपोतबाट पैसा उठाउन परिचालन गरेका छन् । उदास र नापी प्रमुख भट्टको काम दिनमा एकचोटि मन्त्रीकोमा पुग्ने हुन्छ । त्यहाँबाट निस्केपछि ‘माथि हामीले लाइन मिलाइसक्यौ,’ भन्छन् र पैसा बोलकबोल गर्छन् । पैसा माग्दा पनि उनीहरूले अन्त्य गर्छु भन्ने मन्त्रीको भाषण मात्र हो, केही हँुदैन, खुरुखुरु पैसा ल्याउनुस् राम्रो मालपोत, नापी रोज्नुस् भन्दै कन्भिन्स गर्ने गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply