महिला आयोगमा कसले मार्ला बाजी ?
काठमाडौं । महिला आयोगको अध्यक्ष बन्न चार जनाले निवेदन हालेका छन् । निवेदन हाल्नेमा एक जना राजनीतिकर्मी छिन् भने चार जना एनजीओकर्मी छन् ।
अध्यक्षका लागि निवेदन हाल्नेमा शान्ति अधिकारी राजनीतिकर्मी हुन् । तत्कालीन एमाले काठमाडौं जिल्ला कमिटी सदस्य रहेकी अधिकारी एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको सचिव हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनी तत्कालीन अध्यक्ष मनमोहन अधिकारीकी बुहारीसमेत हुन् । एनजीओकर्मी रेणुराज भण्डारी, लिली थापा र सरु जोशी श्रेष्ठले पनि अध्यक्षका लागि निवेदन हालेका छन् । राजभण्डारी ओरेक नामक संस्था चलाउँछिन् भने थापा एकल महिलाको क्षेत्रमा काम गर्छिन् । उनी चुनावताका निकै तामझामका साथ एमालेमा प्रवेश गरेकि थिइन् । श्रेष्ठ भने यूएन ओमनको व्यवस्थापक हुन् । त्यही संस्थामा कार्यरत राजन श्रेष्ठ केही दिनपहिले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई त्यहाँ बनाउन पनि श्रेष्ठले धेरै चलखेल गरेको बताइन्छ । संवैधानिक निकायका प्रमुख तथा सदस्यहरुका लागि आवेदन माग गरेपछि विभिन्न संवैधानिक निकायमा जान प्रधानमन्त्री कार्यालयमा रहेको संवैधानिक निकायको सचिवालयमा धमाधम निवेदन परिरहेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply