सशस्त्रमा कारबाही गर्नुपर्नेलाई तक्मा
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो सबै उठ्तीपुठ्ती मिलाउने एसएसी नारायणदत्त पौडेललाई भावी महानिरीक्षकका लागि बाटो सजिलो हुने गरी व्यापक चलखेल गरेका छन् । बढुवामा राष्ट्रिय विभूषण तथा तक्माको २ नम्बर र चुनौतीपूर्ण कार्य गरेबापतको ५ नम्बर छुट्ट्याइएकाले उनले असोज ३ अर्थात् संविधान दिवसका दिन प्रदान गरिने सुप्रबल जनसेवाश्रीका लागि एसएसपीबाट उनै पौडेलको एकल नाम सिफारिस गरेको बुझिएको छ ।
सशस्त्र प्रहरीका तर्फबाट जम्मा १२ जनाले तक्मा पाउनेमा आईजी खनालले ३५ जनाको नाम पठाएकामा एसएसपीमा भने पौडेलको एकल नाम पठाएर सो तक्माबापतको २ नम्बर स्वतः दिने प्रपञ्च चालिएको सशस्त्र स्रोतले बतायो । अहिले सिफारिस भएका नाममा एआईजी नारायणबाबु थापा, डीआईजी सुरज श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ, एसएसपी पौडेल, डीएसपी शंकर खनाल तथा इन्स्पेक्टर नवराजविक्रम कुँवर, नारायण गुरुङलगायत छन् । अहिले तक्माका लागि सिफारिस भएका सुरज श्रेष्ठ आईजी खनालको सचिवालयमा रहेका विश्वासी मान्छे हुन् भने अर्का डीआईजी कवीन्द्रमान श्रेष्ठ अहिले रोजेर मध्यक्षेत्रको कमान्ड लिएका अधिकारी हुन् । त्यस्तै, इन्स्पेक्टर नारायण गुरुङ आईजी खनालकै बडीगार्ड हुन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको विभूषण समितिसमक्ष सिफारिस गरेका नामहरू आईजीले पूर्वाग्रहवश तजबिजी ढंगले सिफारिस गरेको बताइएको छ ।
अहिले सिफारिस गरेका नाममा एआईजी नारायणबाबु थापालाई सिफारिस गर्न मन नभए पनि संगठन सन्तुलनमा राख्नकै लागि सिफारिस गरिएको बताइन्छ । त्यसैगरी, अर्का एआईजी रामशरण पौडेलको भने नियतवश छुटाइएको बताइएको छ । ककनी तालिम केन्द्रमा बस्दा रासन काण्ड लागेर ४ लाख रुपैयाँ फिर्तासमेत गरेका विवादित पात्र पौडेललाई महानिरीक्षक खनालले काखी च्याप्दा इमानदारहरू पाखा लाग्ने खतरा देखिएको छ । त्यसो त पौडेल पूर्व क्षेत्रमा रहँदा तालिममा गलत मान्छेलाई सिफारिस गर्नुका साथै गलत रिपोर्टिङ गरेको अभियोगमा नसिहतमा समेत परेका थिए । केही अघि गरिएको एसएसपी सरुवामा पौडेललाई मानव स्रोतको जिम्मा दिइएको छ । अहिले मानवस्रोतको प्रमुख एसएसपी थापा भए पनि उनलाई नै थाहा नहुने गरी आईजी खनालको निर्देशनमा आर्थिक चलखेल गरी सरुवा हुन थालेको बताइन्छ । पूर्वक्षेत्रमा एसपी हुँदा अनियमितता गरेकै कारण पुष्पराम केसीले रेकर्डमा जनिने गरी नसिहत दिएका पौडेल महानिरीक्षक खनालका प्यारा भएपछि यो विभूषणमा उनीसँगै बढुवाको दौडमा रहेका एसएसपीहरूलाई पाखा पारिएको छ । आईजी वन्तको पालामा एसएसपीमा बढुवा हुँदा २०४६ तथा २०४७ सालमा नेपाली सेनाबाट प्रवेश गरेकाहरूलाई समेत जितेर बढुवा भएका एसएसपी राजु अर्याल, त्यो बेला चाकडी चाप्लुसीमा ध्यान नदिएको भनेर कोपभाजनामा पारेका केबी ब्रह्मचार्य, अहिलेसम्म राष्ट्रपतिको हातबाट पाउने तक्मा नपाएका सीपी गौतम, राजेन्द्र बस्नेतलगायतलाई हटाएर सिधै यसअघि समेत पूर्वआईजी वन्तलाई रिझाएर त्यस्तै पुरस्कार हात पारेका खनाललाई पुनः सिफारिस गरिएपछि सशस्त्रभित्र ‘कोहीलाई खातैखात, कोहीलाई पुर्पुरोमा हात’ भनेजस्तो भएको बताइन्छ । राष्ट्रपतिको हातबाट पाइने यस्ता पुरस्कारहरू प्रायः एउटै व्यक्तिलाई दोहो¥याएर सिफारिस नगरिने प्रचलन भए पनि त्यो मौका पौडेलले पाउने भएका छन् । अझ महŒवपूर्ण कुरा त कारबाहीमा परेकालाई तक्माको सिफारिस गर्दा सोही तक्माले पनि गिज्याइरहेको भन्दै सशस्त्र मुख्यालयतिर चर्चा छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply