डोलिडारका अड्डा जमाउनेकै वर्चस्व
काठमाडौं । सचिवको कृपा पाएका कारण स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) का केही ‘भाग्यमानी’ निर्देशकहरू यो वर्ष पनि सरुवा भएनन् । संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलियाका कृपाका कारण वर्षौंदेखि डोलिडारमा ढलीमली गरिरहेका दर्जनजति कार्यक्रम निर्देशकहरू सरुवाको सूचिमा परेनन् ।
मन्त्रालयले साउन र भदौ महिनामा डोलिडारअन्तर्गतका विभिन्न आयोजना र जिल्ला तहका कार्यालयहरूमा कार्यरत ३९२ जना प्राविधिक कर्मचारीहरूको सरुवा गरे पनि डोलिडारमा विगत ७ देखि १५ वर्षसम्म बसिरहेका दर्जनजति कर्मचारीहरूलाई सरुवा नगरिएको हो । काठमाडौं उपत्यकामा एउटा कर्मचारी एउटा कार्यालयमा कम्तीमा डेढ वर्ष मात्रै बस्न पाइने प्रावधान भए पनि डोलिडारका कर्मचारीहरू भने सात वर्षभन्दा बढी समयदेखि कार्यरत छन् ।
यस पटक सरुवाबाट ‘वञ्चित’ भएका डोलिडारका कर्मचारीहरूमा कुमार थापालगायत छन् । प्राविधिक उपसचिव थापा एसएनआरपीपीका कार्यक्रम संयोजक हुन् । सो परियोजनामा सहसचिव तहका कर्मचारीको दरबन्दी भए पनि उपसचिव थापालाई लामो समयदेखि नै कार्यक्रम संयोजकको जिम्मेवारी दिइँदै आएको छ । त्यस्तै, लामो समयदेखि डोलिडारमा बस्नेहरूमा एसएनआरपीपीको हेटौंडा शाखाका प्रमुख राजु श्रेष्ठ, सोही परियोजनाको बुटवल शाखाका प्रमुख शंकर पण्डित पनि हुन् । सोही परियोजनाको केन्द्रीय कार्यालयमा कार्यरत प्रेमदत्त भट्ट पनि सरुवा नहुने भाग्यमानीमा पर्दछन् ।
डोलिडारअन्तर्गतको अर्को परियोजना आरसीआईपीमा कार्यरत ठाकुरराज पन्त त विगत १५ वर्षदेखि उपत्यका छाड्नुनपर्ने भाग्यमानीमा दरिएका छन् । आरसीआईपीकै झापा शाखाका प्रमुख शम्भु कार्की पनि लामो समयदेखि उक्त ठाउँमा नै रहेका छन् । विभागको पक्की पुल शाखाका प्रमुख माधव भट्टराई, ग्रामीण खानेपानी आयोजनाका महेश्वर घिमिरे, ईईएपीका अमृत श्रेष्ठ, ईएसआरपीका हरिप्रसाद शर्मा र आरसीआईपी, काठमाडौं शाखाका मोहन चापागाईको पनि लामो समयदेखि सरुवा भएको छैन । सहसचिव गणेशराज वस्तीलाई भने केही महिनापूर्व भूकम्प समन्वय एकाइको प्रमुख बनाइएको थियो ।
मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गर्दा पनि डोलिडारमा वर्षौंदेखि रजगज गर्दै आएका केही कर्मचारीलाई किन चलाइएन ? भन्ने प्रश्न अहिले अरू कर्मचारीहरूले उठाउन थालेका छन् । ती कर्मचारीहरूको सचिव थपलियासँग राम्रो सम्बन्ध रहेको हुँदा उनीहरूको सरुवा नगरिएको सूत्रको दाबी छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply