विवादास्पदलाई नै आयोगको तालाचाबी
काठमाडौं । विवादमा मुछिएका केही सहसचिवहरूलाई संवैधानिक आयोगको सचिवमा नियुक्त गरिएसँगै नियुक्ति विवादमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले केही दिनअघि मन्त्रालयका ६ सहसचिवलाई विभिन्न संवैधानिक आयोगहरूको सचिव तोकेका थिए ।
दलित आयोगको सचिव तोकिएका सहसचिव पुरुषोत्तम नेपाललाई विवादास्पद कर्मचारीका रूपमा लिइन्छ । विगत डेढ दशकदेखि संघीय मामिला मन्त्रालयमा कार्यरत रहँदै आएका नेपालले मन्त्रालयमा महŒवपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । सो मन्त्रालयअन्तर्गतका विभिन्न आयोजना हेर्ने काम उनले नै गर्दै आएका छन् । आकर्षक आयोजनाहरूमा आफ्ना मानिसहरूलाई सरुवा गर्ने, ती आयोजनाहरूको नाममा विदेश भ्रमण गर्ने कार्यमा सहसचिव नेपालले बाजी मार्दै आएका थिए । सो मन्त्रालयको आयोजनाहरू हेर्ने शाखाबाट उनलाई हटाउनुपर्ने माग उठ्दै आए पनि उनलाई नै पुरस्कारस्वरूप दलित आयोगको सचिव तोकिएको छ ।
जनजाति आयोगको सचिव तोकिएका सहसचिव रुद्रसिंह तामाङ पनि विवादास्पद कर्मचारीमा नै गनिन्छन् । काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत रहेका बेला तामाङ विवादमा मुछिएका थिए । वर्ष दिनमा २८ पटकसम्म विदेश भ्रमणमा गएका उनी त्यही कारण निकै आलोचितसमेत बन्न पुगेका थिए । महानगरपालिकामा कार्यकारी अधिकृत हुँदा भ्रष्टाचारमा मुछिएका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिनको दायरामा पनि परेका थिए ।
मुस्लिम आयोगको सचिव तोकिएका केदारप्रसाद पनेरू र मधेसी आयोगको सचिव तोकिएका भूपाल बराल भने सामान्य प्रशासन मन्त्रालयमा केही महिनाअघि मात्रै सरुवा भएर आएका हुन् । अरू मन्त्रालयमा रहँदा पनि उनीहरू भने अहिलेसम्म विवादमा परेका छैनन् । समावेशी आयोगको सचिव तोकिएका सुरेश अधिकारी पनि विवादमा नपरेका कर्मचारी मानिन्छन् । थारू आयोगको सचिव तोकिएका रूपनारायण भट्टराई भने राम्रा कर्मचारीमा गनिन्छन् । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट हटाउने श्रेय पाएका भट्टराईलाई यातायात मन्त्रालयबाट सजायस्वरूप सामान्यमा सरुवा गरिएको हो । उनलाई यातायात व्यवसायीहरूको दबाबका कारण सरुवा गरिएको थियो ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply