बालुवाटार नै हल्लाउने कुन चिठी हो त्यो ?
काठमाडौ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा एउटा बेबारिसे चिठीले पाँच दिनअघि खैलाबैला मच्चिएको छ । अर्जुन गुरुङ, प्रधानमन्त्री कार्यालय सचिवालय, सिंहरदबार भनेर लेखिएको चिठी कार्यालयमा आएपछि सहयोगीले उक्त नाम गरेको व्यक्तिलाई चिठी बुझाउन प्रयास गरे । तर, ती नाम गरेको व्यक्ति प्रशासन शाखाको अभिलेखमा समेत भेटिएन ।
एक जना कार्यालय सहयोगीले उक्त चिठी प्रमुख सल्लाहकार विष्णु रिमाल र जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीको सचिवालयमा पु¥याएका थिए । तर, त्यहाँ उक्त नाम गरेको व्यक्ति नभेटिएपछि कर्मचारीहरूले प्रशासनको अभिलेखमा खोजे । तर, त्यहाँ पनि नभेटिएपछि प्रधानमन्त्रीको सचिवालयको नाममा थुप्रै व्यक्तिले बाहिरबाहिर धेरै ठूलो चलखेल गर्ने गरेको लख काट्न थालिएको छ । त्यसो त प्रधानमन्त्रीलाई बुबा भन्दै सेल्फी खिच्नेहरूले बालुवाटारमा काम गर्नसमेत नदिइएको भन्दै प्रमुख सल्लाहकार रिमालले विगतमा सचिवालयमा रहेर काम गरेकाहरूमध्ये कतिपयलाई अहिले सकभर प्रवेश नगराउन सरकारी निवास र प्रधानमन्त्री कार्यालयमा प्रतिबन्धजस्तै लगाएका छन् । उनले सचिवालय र सल्लाहकार समूहमा कार्यरत सबैलाई त्यस्ता व्यक्तिहरूलाई प्रवेश निषेध गर्नुपर्ने निर्देशन दिइसकेका छन् । तर पनि केहीले अझै बाहिरबाहिर आफू सचिवालयमा काम गर्ने भन्दै कमाउ धन्दा चलाइरहेको बुझिएको छ ।
विगतमा स्वकीय सचिवालयमा रहेर राम्रो भूमिका निभाएका अनिश दाहाल भने अहिले भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरमा विज्ञान संकायमा उपप्राध्यपकका रूपमा अध्यापनरत छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply