सांसद फकाउन मुख्यमन्त्री जात्रामा
काठमाडौं । कस्तो कार्यक्रममा सहभागिता जनाउनुपर्ने हो, कस्तोमा नजानुपर्ने हो ? प्रदेशहरूका मुख्यमन्त्रीलाई यति कुरामा पक्कै पनि हेक्का हुनुपर्छ । तर, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भने एक जना प्रदेशसभा सांसदको मन राखिदिन एउटा मेलामा पुगेका छन् ।
मुख्यमन्त्री पौडेल काठमाडौंको नागार्जुन नगरपालिकामा अवस्थित इचंगुनारायण मन्दिरको मेलामा सहभागिता जनाउन केही दिनअघि पुगेका थिए । सो मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन मेला लाग्ने गर्दछ । त्यस दिन दिउँसोपख मुख्यमन्त्री पौडेल पनि सो मेलामा टुप्लुक्क देखा परे । अहिलेसम्म मुख्यमन्त्री तहका जनप्रतिनिधिहरू मेलाका दिन इचंगुनारायण मन्दिरमा नदेखिएका हुँदा त्यो दिन मुख्यमन्त्रीलाई देख्दा भने सबै जना चकित परे ।
हेटौंडाबाट काठमाडौं आएका मुख्यमन्त्री पौडेललाई काठमाडौं–७ ‘ख’ का प्रदेशसभा सांसद तथा सोही मन्दिर छेउकै बासिन्दा प्रकाश श्रेष्ठले मेला हेर्न आउन निम्तो दिएका थिए । सांसद श्रेष्ठको निम्तो पाउनेबित्तिकै मुख्यमन्त्री पौडेल इचंगुनारायण मन्दिरमा पुगेका थिए । पौने घण्टा मन्दिर परिसरमा बिताएका पौडेलले मेलाको अवलोकन गर्नुका साथै मन्दिरको दर्शनसमेत गरेका थिए । मन्दिरमा दर्शन गर्न र मेला हेर्न पुगेका मुख्यमन्त्री पौडेललाई सांसद श्रेष्ठलगायत स्थानीय बासिन्दाले मन्दिरको पुनर्निर्माणका लागि सहयोग गर्न अनुरोधसमेत गरेका थिए । २०७२ को भूकम्पको बेला सो मन्दिर भत्किन पुगेको थियो ।
मुख्यमन्त्री पौडेलले इचंगुनारायण मन्दिरमा लाग्ने मेला अवलोकन गर्न जानुमा सांसद श्रेष्ठको मन जित्नु पनि रहेको बताइन्छ । आफूसँग तीव्र विवाद बढेपछि मुख्यमन्त्री पौडेलले केही समयअघि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाएका थिए । मन्त्रीबाट हटेपछि स्थापितले सांसद श्रेष्ठ र अर्का सांसद गणेश दुलाललाई आफ्नो निवासमा खानपिनसहित छलफल गर्न बोलाएका थिए । सांसद श्रेष्ठ स्थापितको नजिक देखिएपछि मुख्यमन्त्री पौडेलले उनलाई फकाउन सो दिन मन्दिरमा लागेको मेला हेर्न र दर्शन गर्न गएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply