गाडी लुकाउन उपसचिव नै सक्रिय
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिव तहका एक कर्मचारी गाडी तान्ने र लुकाउने प्रकरणमा मुछिएका छन् । सो मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा कार्यरत उपसचिव ईश्वर गिरी त्यस्तो प्रकरणमा मुछिएका हुन् ।
मुलुक प्रादेशिक संरचनामा गएपछि जिल्लामा स्थापित करिब एक दर्जनजति सरकारी कार्यालयहरू खारेजीमा परे । खारेजीमा पर्ने कार्यालयहरूमा जिल्ला प्राविधिक कार्यालय पनि एउटा हो । जिल्लास्थित कार्यालयहरू खारेजीमा परेपछि खारेजीमा परेका कार्यालयहरूको भौतिक सम्पत्ति जिल्ला समन्वय समितिलाई बुझाउने भनी यसअघि नै संघीय मामिला मन्त्रालयले निर्णय गरेको थियो । खारेजीमा जिल्ला प्राविधिक कार्यालय, सिन्धुली पनि प¥यो । हरेक जिल्लास्थित प्राविधिक कार्यालयहरू खारेजीमा परेपछि सरकारले ३५ जिल्लामा क्लस्टर स्थापना गरेको थियो र अहिले सिन्धुली र रामेछापको क्लस्टर रामेछापमा राखिएको छ ।
तर, कर्मचारीहरू लोभिएपछि के लाग्दो रहेछ र ? जिल्ला प्राविधिक कार्यालय खारेजीमा परेपछि सिन्धुलीमा कार्यरत डिभिजन इन्जिनियर श्यामसुन्दर मिश्रले आफू चढ्दै आएको बा१झ ८४४३ नम्बरको गाडी जिल्ला समन्वय समितिलाई नबुझाई बेपत्ता पारे । उक्त गाडी मिश्रले काठमाडौंमा ल्याएर स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मा ल्याएर लुकाएर राखे । सिन्धुली जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने गाड मिश्रले बेपत्ता पारेपछि गाडीको खोजी भयो । यो कुरा उपसचिव गिरीले पनि थाहा पाए । त्यसपछि उपसचिव गिरीले उक्त गाडी मन्त्रालयमा ताने । अहिले त्यो गाडी उपसचिव गिरीले अरू नै ठाउँमा पठाउने तयारी गरिरहेको बुझिएको छ ।
जिल्ला समन्वय समिति, सिन्धुलीले पाउनुपर्ने गाडी बेपत्ता भएपछि र त्यो गाडीलाई अन्यत्रै पठाउन खोजेपछि सिन्धुली क्षेत्र नं. १ का सांसद गणेशकुमार पहाडीले उक्त गाडी सिन्धुलीमै फिर्ता पठाउन पहल थालेका छन् । सांसद पहाडीले मन्त्रालयमा फोन गरेर उक्त गाडी सिन्धुलीमै पठाउन ताकेता गरे पनि अहिलेसम्म गाडी फर्काइएको छैन । सिन्धुली जिल्ला समन्वय समितिमा सवारीसाधनको अभाव रहे पनि मन्त्रालयका कर्मचारी र डीईका कारण अहिलेसम्म गाडी लुकाउने र अन्यत्र पठाउने तयारी गरिरहेको हुँदा जनप्रतिनिधिहरू दबाब दिन बाध्य भएका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply