स्वरोजगारका हाकिमको रोजगारी धरापमा
काठमाडौं । एक महिनाभित्र करिब एक अर्ब रुपियाँ बाँड्ने सुरसारमा रहेको युवा व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईं अहिले आफ्नो पद धरापमा परेपछि तिल्मिलाउन थालेका छन् । नयाँ अर्थमन्त्रीको आगमनसँगै उनको पद धरापमा पर्ने स्थिति उत्पन्न भएको हो ।
चार वर्षका लागि नियुक्त भएका गुरागाईंको पदावधि अझै दुई वर्ष बाँकी छ । तर, कोषलाई व्यवस्थित ढंगले चलाउनेभन्दा पनि आफूखुसी चलाउन थालेपछि उनको आलोचना सुरु हुन थालेको हो । उनलाई आर्थिक अनुशासन कायम राख्न नसकेको र गैरजिम्मेवार ढंगले चलेको आरोप लाग्ने गरेको छ ।
निवर्तमान अर्थमन्त्री शंकरप्रसाद कोइरालाको पालामा पनि उनको पद धरापमा परिसकेको थियो । अर्थमन्त्री अध्यक्ष रहने कोषको कार्यकारी निर्देशक पदबाट उनले सुरुमा राजीनामा दिए पनि पछि तत्कालीन अर्थमन्त्री कोइरालालाई खुसी तुल्याएर पुन: सोही पदमा टिकेका थिए । उनले त्यतिबेला कार्यालयबाट १५ दिनको बिदा लिएर पद जोगाउन दौडधुप गरेका थिए र सफल पनि भएका थिए । तर, नयाँ अर्थमन्त्री डा.रामशरण महत आएपछि उनलाई हटाउने तयारी गरिरहेको बुझिएको छ ।
विगतमा डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले गठित कोष जुन रूपमा अघि बढ्नुपर्ने हो, त्यसरी बढ्न सकिरहेको छैन । अहिलेसम्म ६ सय २४ प्रारम्भिक सहकारी, सरकारी बैंक, विकास बैंकलगायतबाट २ अर्ब ६० करोड रुपियाँ लगानी गरे पनि त्यसको प्रभावकारी अनुगमन हुन नसकिरहेको बताइन्छ । कोषले पाँच वटै क्षेत्रमा क्षेत्रीय कार्यालयहरू स्थापना गरेर व्यवस्थित ढंगले अघि बढ्न खोजे पनि कोषका केही व्यक्तिहरूको गलत क्रियाकलापका कारण जसरी अघि बढ्नुपर्ने हो, त्यसरी बढ्न नसकिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply