एनआईसी एसियाले १० प्रतिशत बोनस दिने
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । गत साता सम्पन्न बैंकको २१औं साधारण सभाको बैठकले उक्त निर्णय गरेको हो । साथै, बोनस सेयरमा लाग्ने करका लागि बैंकले ०.५२६ प्रतिशत रकम छुट्ट्याएको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया क्यापिटलसहितको आर्थिक वर्ष (आव) २०७४÷७५ को एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालू आव २०७५÷७६ को लागि टीआर उपाध्याय एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त छ । बैंकका २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गरिहेको छ । बैंकको वासलातको आकार २ सय ११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब पुगेको छ ।
योसँगै निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ सय ४५ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply