भूपू सीडीओको यस्तो चर्तिकला
काठमाडौं । सहसचिवबाट अवकाशप्राप्त एक व्यक्ति बालाजु औद्योगिक क्षेत्रभित्र निर्माणाधीन एउटा उद्योगको निर्माण कार्य रोक्न अनेक शक्तिकेन्द्रहरूमा धाइरहेका छन् । सेवाकालमा केही जिल्लाको प्रमुख जिल्ला अधिकारीसमेत भएका केशरबहादुर बानियाँले आफ्नो घर छेकिने भएका कारण औद्योगिक क्षेत्रभित्र उद्योगहरूलाई भवन बनाउन नदिन खलनायकको भूमिका खेलेका हुन् ।
औद्योगिक क्षेत्रभित्रको ब्याट्री कारखानासँगै जोडिएको जग्गामा केही समययता नेपाल उन्नत बीउबिजनले तीनतले भवन निर्माण गरिरहेको छ । उक्त उद्योग भ्याली ग्रुपमा आबद्ध शिवहरि आचार्यलगायतले सञ्चालन गर्न लागेका हुन् । निर्माणाधीन सोही भवनसँगै बानियाँको घर जोडिएको छ । तर, बानियाँले अहिले उक्त उद्योगलाई भवन निर्माण गर्न दिन अवरोध सिर्जना गरिरहेका छन् । उनले उक्त उद्योगले तीनतले भवन बनाउँदा आफ्नो घर छेकिने भएको भन्दै अवरोध खडा गरेका हुन् । केही समययता बानियाँ र उद्योग सञ्चालकबीच दिनहुँजसो नै झगडा हुने गरेको छ । बानियाँले ‘बनाउने भए एक तले भवन मात्र बनाउनु, तीनतले त म बनाउन दिन्नँ’ भन्दै उद्योग सञ्चालकलाई धम्क्याउँदै आइरहेको बताइन्छ ।
तर उक्त उद्योगले भने महानगरपालिकाबाट नक्सा पास गरेर तीनतले भवन निर्माण गर्न लागेको हो । महानगरपालिकाबाट नक्सापास गरेर भवन बनाउन लागे पनि बानियाँले भने पटकपटक महानगरपालिका, वडा कार्यालय पुगेर उक्त भवन निर्माण रोक्न दबाब दिँदै आइरहेको बताइन्छ । महानगरपालिकामा धाउँदा भवन निर्माण रोक्न नसक्ने भएपछि बानियाँले पछिल्लो समय स्थानीय व्यक्तिहरूलाई उचालेर सो उद्योगले भवन निर्माणका लागि ल्याएका निर्माण सामग्रीहरूसमेत लुटपाट गर्न थालेको बताइन्छ ।
बानियाँ सो क्षेत्रकै बदनाम कमाएका व्यक्ति हुन् । यसअघि उनले आफ्नो घरसँगै जोडिएको नेपाल निटिङ इन्डस्ट्रिजलाई पनि दुःख दिएका थिए । बानियाँले आफ्ना एक छिमेकीलाई उचालेर सो उद्योगका सञ्चालकसँग झगडा गर्न लगाएका थिए । तर, पछि भने उक्त उद्योगका सञ्चालकसँग ‘मलाई ५० हजार रुपियाँ दिनुस्, म यो झगडा मिलाउँछु’ भनेर रकम लिई उनले सो झगडा मिलाएका थिए । उनले सोही क्षेत्रमा सञ्चालित आधुनिक मिटका सञ्चालकलाई पनि पटकपटक दुःख दिँदै आएको बताइन्छ ।
यसबाहेक बानियाँले ब्याट्री कारखानाभित्र रहेको आफ्नो घरसम्म जाने बाटो फराकिलो पार्न औद्योगिक क्षेत्रका कर्मचारीहरूलाई पटकपटक दबाब दिँदै र धम्क्याउँदै आइरहेका छन् । एकीकृत चःमती जग्गा वितरण आयोजनाले सो क्षेत्रमा फराकिला बाटो राखे पनि बानियाँको घर जाने बाटो विस्तारमा भने चासो दिएन । सो आयोजनाले उनको घरसम्म पुग्ने बाटो विस्तारमा चासो नदिएपछि बानियाँले औद्योगिक क्षेत्रले बाटो दिनुपर्ने कुरा उठाउँदै आएका छन् । तर, औद्योगिक क्षेत्रले कुनै व्यक्तिको घरमा जाने बाटो दिन नसकेपछि उनले आफ्नो पहुँच भएको निकाय र व्यक्तिहरूलाई गुहार्दै आइरहेको बताइन्छ । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा पुगी सो बाटोको विषयमा लबिइङ गरिरहेको बताइन्छ । तर, औद्योगिक क्षेत्रले त्यसरी बाटो दिँदा नियमविपरीत हुने बताउँदै बाटो दिन चाहिरहेको छैन । औद्योगिक क्षेत्रले आफ्नो जग्गा काटेर बाटो नदिएपछि उनले औद्योगिक क्षेत्रका कर्मचारीहरूलाई धम्क्याउने, आफ्नो घरछेउका उद्योगहरू सञ्चालनमा अवरोध गर्ने कार्य गर्दै आएका छन् । बानियाँले कर्मचारी र उद्योगीहरूलाई दुःख दिए पनि उनलाई प्रहरी–प्रशासनले कारबाही गर्न चासो नदिइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply