आधा कर्मचारी फाराम भर्नै वञ्चित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको फाराम भर्ने म्याद नथप्ने भएपछि ठूलो संख्यामा कर्मचारीहरू फाराम भर्नबाट वञ्चित हुने देखिएका छन् । समायोजन फाराम भर्ने म्याद आज सकिँदै छ । तर, दुई दिनअघिसम्म भने करिब निजामती र स्थानीय तहका आधाजति कर्मचारीले मात्र समायोजन फाराम भरेका छन् ।
कर्मचारीहरूले समायोजन फाराम भरेपछि सफ्टवेयरबाट नै समायोजन हुने व्यवस्था गरिएको छ । कर्मचारीहरूले अनलाइनमार्फत आफूले रोजेको कार्यालय छानेर फाराम भरेपछि ज्येष्ठताको आधारमा सफ्टवेयरले नै समायोजन गर्ने गर्दछ । तर, समायोजनको फाराम भर्ने म्याद दुई दिन बाँकी रहँदा पुस ३० गतेसम्म भने ५२ हजार कर्मचारीले मात्र फाराम भरेका छन् । समायोजनको फाराम भर्नुपर्ने कर्मचारीहरू निजामती सेवा र स्थानीय तहका गरी १ लाख ३० हजार रहेका छन् । अहिलेसम्म फाराम भर्नेमा निजामतीतर्फ ५१ हजार रहेका छन् भने स्थानीय तहतर्फ १ हजार रहेका छन् ।
समायोजन फाराम भर्ने म्याद आज सकिए पनि मन्त्रालयलाई भने म्याद थप्न कानुनी समस्या रहेको बताइन्छ । निजामती कर्मचारी समायोजन ऐनमा समेत समायोजनको म्याद थप्ने व्यवस्था नरहेको हुँदा मन्त्रालयलाई त्यस्तो समस्या परेको हो । तर, ऐनमा ‘कर्मचारीहरूले समायोजनको फाराम नभरे पनि समायोजन गर्नमा कुनै बाधा हुनेछैन’ भन्ने प्रावधान उल्लेख भएको हुँदा फाराम नभर्ने कर्मचारीहरू पनि स्वतः समायोजनमा पर्ने देखिन्छ ।
त्यस्तै, समायोजनमा असमानता रहेको भन्दै करिब ३ सय जना कर्मचारीले समायोजन अध्यादेश खारेज गर्न सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि त्यस विषयमा अहिलेसम्म फैसला हुन सकेको छैन । मुद्दा दायर गर्नेमा २०७४ सालमा लोकसेवा पास गरेका अधिकृत तहका कर्मचारीहरू छन् । समायोजन अध्यादेशअनुरूप कर्मचारीहरूको ज्येष्ठताका आधारमा समायोजन हुने भएपछि पछिल्लो समय लोकसेवा आयोग पास गरेका कर्मचारीहरूले असमानता रहेको भन्दै मुद्दा दायर गरेका हुन् । समायोजन हुँदा ती कर्मचारीहरूले केन्द्रमा बस्न पाउँदैनन्, उनीहरू स्वतः स्थानीय तहमा जानुपर्ने हुन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply