श्रीमती नपरेपछि बबन्डर
काठमाडौं । करिब महिना दिनअघि गठित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई जबर्जस्ती विवादमा तान्ने काम भएको छ । प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा रहेका एकजना सदस्य र प्रज्ञासभामा मनोनीत अर्का सदस्यकै कारण प्रज्ञा–प्रतिष्ठानको कामकारबाही रोकिन पुगेको छ ।
करिब महिना दिनअघि कुलपति नारायणभक्त श्रेष्ठ (रायन) को नेतृत्वमा प्रज्ञा–प्रतिष्ठान गठन भएको थियो । तर, गठन भएलगत्तै प्रज्ञासभामा चयन भएका देशभक्त खनाल र विजय विस्फोटले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । उनीहरूले प्रज्ञा–प्रतिष्ठान गठन समावेशी नभएको र विधागत प्रतिनिधित्वसमेत नभएको भन्दै मुद्दा दायर गरेका थिए । मुद्दा दायर भएपछि प्रज्ञा–प्रतिष्ठानको प्राज्ञहरूका चयनका लागि गठित समितिका एकजना सदस्य श्रीराम पौडेलले भने वक्तव्य नै जारी गरेर ‘हामीले सिफारिस गरेको नामभन्दा धेरै नाम थपेर मन्त्रीले प्रधानमन्त्रीसमक्ष बुझाए, त्यसमा मेरो सहमति छैन’ भनेर आफ्नो असहमति जाहेर गरेका थिए । गएको माघ ९ गते सर्वोच्च अदालतमा उक्त मुद्दाको पेसी हुँदा पौडेल स्वयं उपस्थित भई आफ्नो असहमति जाहेर गरेका थिए । सिफारिस समितिकै सदस्यको असहमति रहेपछि सर्वोच्च अदालतले माघ ९ गते अन्तरिम आदेश जारी गर्दै आगामी फागुन १२ गते प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई कामकाज नगर्न आदेश दिएको छ ।
तर, सिफारिस समितिका सदस्य पौडेलले असहमति जनाउनुमा भने आफ्नै श्रीमती प्राज्ञ–परिषद्मा नपर्नु मुख्य कारण रहेको बताइन्छ । उनी आफ्नी श्रीमती सरोजनी तन्डुकारलाई प्राज्ञ–परिषद् सदस्य बनाउन चाहन्थे । समितिमा क–कसको नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल चल्दा उनले आफ्नी श्रीमतीको नाम सिफारिस गरेका थिए । तर, समितिका अरू सदस्यहरूले भने ‘आफैं समितिमा बसेर आफ्नी श्रीमतीको नाम सिफारिस गर्दा राम्रो सन्देश जाँदैन, नगर्नुस्’ भनेर उनलाई आग्रह गरेका थिए । तर, उनले ढिपी गरेका कारण उनको श्रीमतीको नाम पनि सिफारिस भएको थियो । तर, सिफारिस भए पनि प्रज्ञा–प्रतिष्ठान गठन हुँदा भने पौडेलकी श्रीमती परिनन् ।
प्रज्ञा–प्रतिष्ठान गठनको विरोधमा अदालतमा मुद्दा दायर गर्ने देशभक्त खनाल र विजय विस्फोटले भने आफूहरू प्राज्ञ हुन नपाएको झोंकमा मुद्दा दायर गरेको बताइन्छ । खनालले प्राज्ञ–परिषद्मा बस्न रुचि देखाएका थिए र प्रयत्नसमेत गरेका थिए । तर, उनलाई प्राज्ञसभामा मात्र मनोनयन गरिएको थियो । उनले प्राज्ञसभामा आफूलाई पारेपछि मुद्दा दायर गर्न चासो देखाएका थिए । मुद्दा दायर गर्ने विस्फोटको पनि प्राज्ञ–परिषद्मा जाने चाहना थियो । विस्फोटले यसअघि गठन भएको प्रज्ञा–प्रतिष्ठानमा पनि जान रुचि देखाएका थिए तर उनी पर्न सकेनन् । यसपटक पनि उनी प्राज्ञ–परिषद् सदस्य बन्न धेरै नै मरिमेटेर लागेका थिए । आफू नपरेपछि उनले प्रज्ञा–प्रतिष्ठान गठन समावेशी नभएको भन्दै मुद्दा दायर गर्न पुगेको बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply