सेवा शुल्क हटाउने निर्णय कार्यान्वयन खोइ ?
काठमाडौं । उपभोक्तासँग विगत लामो समयदेखि होटल रेस्टुरेन्ट तथा बारहरूले लिँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत तथा प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सरोकार निकायहरूको भूमिकासम्बन्धी छलफल कार्यक्रम कन्जुमर आई नेपालको आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष विमला खनालले स्वागत मन्तव्य राख्दै उपभोक्ताको हितलाई मध्यनजर गर्दै २०७५ माघ १४ गते सोमबारका दिन रेस्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेवान) ले, काठमाडौं, पोखरा र सौराहाको भेलाबाट उपभोक्ताले होटल रेस्टुरेन्टबाट वस्तु तथा सेवा उपभोग गरेबापत लाग्ने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय स्वागतयोग्य र प्रशंसायोग्य कार्य भएको हुँदा उक्त कार्यको आमउपभोक्ताको तर्फबाट स्वागत व्यक्त गरे । साथै, यो सकारात्मक कदमको पूर्ण रूपमा कार्यान्वयन र अनुगमन गर्न सरकार, सबै उपभोक्ताकर्मी, सरोकार निकायहरू पत्रकार र आमउपभोक्तालाई चनाखो हुन आग्रहसमेत गरे ।
सो कार्यक्रममा बोल्दै युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले आफूहरू सबै उपभोक्ता भएकाले यो निर्णयको स्वागत गर्दै आमउपभोक्ता, होटल व्यवसायी र मजदुरहरूसँग मिलेर सचेतनाको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले यो कदमप्रति आफूले निरन्तर छलफल गरेको र आगामी दिनहरूमा पनि छलफललाई निरन्तरता दिँदै सम्पूर्ण व्यवसायी, मजदुर र उपभोक्ताको हकहित, अधिकारका लागि सहज वातावरणसहित ऐननियम बनाउन पनि लागेको बताए ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply