आयोगहरूका अध्यक्ष बन्न दौडधुप
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित सलिम मियाँ अन्सारीको नागरिकता विवादले आयोगका अध्यक्षहरू विवादमुक्त नहुने हो कि भन्ने आशंका बढिरहेका बेला अरू आयोगमा अध्यक्ष बन्न इच्छुकहरूले भित्रभित्रै दौडधुप जारी राखेका छन् । समावेशी र वित्त आयोगको अध्यक्षमा सिफारिस भएका दुई जनाको नाम भने संसदीय सुनुवाइ समितिबाट टुंगो लागिसकेको छ । समावेशीमा पूर्वसचिव बालानन्द पौडेल र वित्त आयोगमा शान्तराज सुवेदीको नाम सिफारिस भएको हो ।
अब मुस्लिम, महिला, जनजाति, दलित, मधेसी आयोगको अध्यक्षका लागि सिफारिस गर्न बाँकी रहेको छ । मुस्लिम आयोगको अध्यक्षमा दुइटा नागरिकता लिएको प्रकरणले अन्सारीमा विवादमा परेका छन् । तर, अरू तीन आयोगका लागि भने सत्तारूढ नेकपाका नेता–कार्यकर्तादेखि आफूलाई स्वतन्त्र भन्न रुचाउने व्यक्तिहरूको दौडधुप जारी छ ।
दलित आयोगमा दुई जनाको सम्भावना प्रबल छ । जसमा डा. निर्मल विश्वकर्मा र गणेश बिके हुन् । बिके तत्कालीन एमालेको भ्रातृ संगठन मुक्ति समाजको विभिन्न पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनको संघीय संसद्को निर्वाचनमा दलित कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा पनि नाम रहेको थियो । विश्वकर्मा भने यसअघि तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए । स्विट्जरल्यान्डबाट खाद्य संकट विषयमा विद्यावारिधि गरेका उनले पनि आयोगको अध्यक्ष बन्न रुचि देखाएका छन् । पूर्वमाओवादी केन्द्रमा आबद्ध रहेका परशुराम रम्तेलको नाम पनि आयोगको अध्यक्षमा चढेको छ । रम्तेलबाहेक डा. बुद्धि नेपाली, तेज सुनार, हीरा विश्वकर्माले पनि अध्यक्ष बन्न दौडधुप जारी राखेका छन् । आयोगको अध्यक्ष बन्न २२ जनाले निवेदन दिएका छन् ।
महिला आयोगमा भने नेकपाकी नेतृ उर्मिला अर्यालले इच्छा जनाएकी छन् । केही वर्षपूर्व एमाले छाडेर माओवादी केन्द्रमा आबद्ध हुन पुगेकी उनी पार्टी एकतापछि नेकपामै रहेकी छन् । आयोगको अध्यक्ष बन्ने इच्छा देखाएकी उनले अखिल नेपाल महिला संघको अध्यक्ष बन्ने इच्छा पनि देखाएकी छन् । आयोगको अध्यक्षमा अधिकारकर्मी लिली थापाको पनि नाम आएको बताइन्छ ।
जनजाति आयोगमा भने पूर्वएमालेका गोकुल घर्ती मगरको नाम आएको छ । पूर्वमाओवादी केन्द्रबाट भने सुरेश आले मगरको नाम अघि सारिएको छ । घर्ती र आले दुवै पूर्वसांसद हुन् । तर, कतिपयले भने बौद्धिक व्यक्तित्व मल्ल के. सुन्दरको नाम पनि अघि सारेका छन् ।
One response to “आयोगहरूका अध्यक्ष बन्न दौडधुप”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
दलित आयोगमा दुई जनाको सम्भावना प्रबल छ । जसमा डा. निर्मल विश्वकर्मा र गणेश बिके हुन् । बिके तत्कालीन एमालेको भ्रातृ संगठन मुक्ति समाजको विभिन्न पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनको संघीय संसद्को निर्वाचनमा दलित कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा पनि नाम रहेको थियो । विश्वकर्मा भने यसअघि तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए । स्विट्जरल्यान्डबाट खाद्य संकट विषयमा विद्यावारिधि गरेका उनले पनि आयोगको अध्यक्ष बन्न रुचि देखाएका छन् ।
दलित आयोगमा १००% डा.निर्मल विश्वकर्मा उपयुक्त हुन ।