इक्यानका अगुवाको कन्सल्टेन्सी नै ठगिधन्दामा
काठमाडौं । पछिल्लो समय उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूले एक पछि अर्को गर्दै नेपालका कन्सलटेन्सीहरूको पोल खुल्न थालेका छन् । नेपाल शैक्षि परामर्शदाता संघ अर्थात इक्यानका पदाधिकारहरू नै ठगी धन्दामा संलग्न भएको भेटिएको छ ।
कन्सल्टेन्सी क्षेत्रको शुद्धिकरणको विषय उठाएर राजनीति गर्ने कन्सन्टेन्सी सञ्चालक संस्थाका जिम्मेवार पदाधिकारीले विद्यार्थी अलपत्र पारेका छन् । केहिदिन पहिले उच्च शिक्षाकालागि अष्ट्रेलियाका एआएविटी कलेजमा अध्यानरत विद्यार्थीहरूले आफुहरू अलपत्र परेको नेपाली मिडिया सम्म कुरा पु¥याएपछि फेरी अर्को रहस्य बाहिरिएको हो ।अष्ट्रेलियाको सिड्नी स्थीत अष्ट्रेलियन हेल्थ एण्ड म्यानेजमेन्ट ईन्स्च्यिुटमा ५ सय जना नेपाली विद्यार्थीहरू अलपत्र परेको पाईएको हो ।
ति अलपत्र विद्याथीहरू इक्यानका उपाध्यक्ष महेश तिमल्सीनाले सञ्चालन गरेको कङ्गारु एजुकेशन फाउन्डेश अर्का उपाध्यक्ष राजेन्द्र रिमालले सञ्चालन गरेको काठमाडौं इन्फोसीस, खेम संग्रोलाले सञ्चालन गरेको एक्सपर्ट माइग्रेशन एण्ड भिजा सर्भिस, राम टन्डन क्षेत्रीले सञ्चालन गरेको मर्सी एजुकेशन कन्सल्टेन्सी र उपेन्द्र सेढाँइले सञ्चालन गरेको सनराइज एजुकेशन कन्सल्टेन्सीबाट अष्टे«लिया गएको बताइएको छ ।
यसको जानकारी अष्ट्रेलियाबाट बिजिता थापाले दिएकी छन् । उनले आफुहरूको उद्धार गर्न न्युन २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासंग मार्फत आग्रह समेत गरेकी छिन् । उक्त कलेजमा डिप्लोमा अफ नर्सिङ पढ्दै गरेकी थापाले यो कलेज पनि दर्ता नभएको खुलाएकी हुन् । यस कलेजमा सर्टिफिकेट फर र डिप्लोमा अफ नर्सिङ गरेर पाँच सय जना विद्यार्थी अध्यायनरत छन् ।
कलेजले सर्टिफिकेट फर पढ्ने विद्यार्थीहरूलाई कोर्श परिवर्तन गरेर पढ्न भनि सकेको छ । उनीहरूले कोर्श परिवर्तैन गर्दा पनि कलेज भन्दा बाहिर जान नदिने कलेजमै पढ्नुपर्ने बताइएको छ । तर, नर्सिङ पढ्ने विद्यार्थीहरूले भने कोर्श परिवर्तन पनि गर्न नमिल्ने भएकाले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ ।
कलेज सुरु भएदेखिबाट रजिष्ट्रेशन कहिले हुन्छ भनेर आफुले पटक पटक सोध्दा सेप्टेम्बरमा हुन्छ, अक्टोबरमा हुन्छ, नोभेम्बरमा हुन्छ, भनेर टार्ने काम कलेजले गरिरहेको उनको भनाई छ । उनी भन्छिन्, हामीले सिड्नीमा आईसकेपछि थाहा पाएको सुरुवातमा यहाँको प्रधानाध्यापकसंग कुरा गर्न खोज्दा हामीलाई टारियो अपोईमेन्ट दिदैनौ भन्ने जस्तो कुराहरू गरे दुई वर्षको समयमा जसरी पनि रजिष्ट्रेशन हुन्छ भनिएको थियो । समाचार माध्यममा सो कुरा प्रकाशन भएपछि ति कन्सल्टेन्सीहरूलाई कारवाही गर्नुपर्ने, अलपत्र विद्यार्थीको उद्धार गर्नुपर्ने लगायतका कुरा उठेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply