सचिव फेरिएसँगै मेलम्चीको आशा
काठमाडौं । केही दिनअघि मात्रै खानेपानी मन्त्रालयको सचिवको कार्यभार सम्हाल्न पुगेका दीपेन्द्रनाथ शर्मा अचेल मेलम्चीको अध्ययनमै दिन बिताउँछन् । मेलम्ची खानेपानी आयोजनामा इटालियन कम्पनी सिएमसीले ठेक्का रद्द गरेपछि उब्जिएको विवादमा मन्त्री बिना मगर र तत्कालीन सचिव गजेन्द्र ठाकुरबीच मनमुटाव भएपछि ठाकुरलाई हटाएर शर्माले सो मन्त्रालयको सचिवको जिम्मेवारी पाएका हुन् ।
सचिव शर्माले सीएमसीलाई नै पुनः ठेक्कामा निरन्तरता दिने वा अरू कम्पनीलाई दिँदा उपयुक्त हुन्छ भन्ने विषयमा केही दिनभित्रै अध्ययन सिध्याएर मन्त्री मगरलाई प्रतिवेदन दिएपछि यो प्रकरणको टुंगो लाग्ने बताइन्छ । मन्त्री मगर सीएमसीलाई नै ठेक्कामा निरन्तरता दिने पक्षमा थिइन् । स्थानीय ठेकेदारहरूको करिब १ अर्ब ३० करोड सो कम्पनीले तिर्न बाँकी रहेको हुँदा सोही कम्पनीलाई ठेक्कामा निरन्तरता दिए स्थानीय भेन्टरहरूको पैसा उठ्ने भन्दै मन्त्री मगरले सिएमसीलाई निरन्तरता दिने बताएकी थिइन् । तर, तत्कालीन सचिव ठाकुरले भने सीएमसीको धरौटी जफत गरेपछि मन्त्री र सचिवबीच विवाद चुलिएको थियो । विवाद चुलिएकै कारण सचिव ठाकुर सरुवा भएर अन्यत्रै गइसकेका छन् ।
सचिव ठाकुरले नेपाल इन्भेस्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको ठेकेदार संस्था सिएमसीको खाताबाट ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएपछि सिएमसी भड्किन पुगेको थियो । तत्कालीन सचिव ठाकुर र आयोजना प्रमुखले सिएमसीले पाउनुपर्ने करिब ३६ करोड रकम पनि भुक्तानी नगरेपछि यो समस्या झनै बल्झिन पुगेको थियो । सिएमसीले भुक्तानी नपाए ठेक्का रद्द गर्ने चेतावनी दिए पनि सचिव ठाकुरले आफ्नो हठ नछाडेपछि उक्त कम्पनीले पुसको पहिलो साता एकतर्फी रूपमा ठेक्का रद्द गरेको थियो । सचिवका कारण सिएमसीले ठेक्का रद्द गरेको सूचना सरकारलाई दिएपछि मेलम्ची अनिश्चिततातर्फ धकेलिन पुगेको थियो र त्यही समयदेखि नै मन्त्री र सचिवबीच विवाद चुलिँदै गएको थियो ।
मन्त्री मगर भने सिएमसीलाई नै काममा निरन्तरता दिनुपर्ने पक्षमा सुरुदेखि नै थिइन् । सिएमसीले ठेक्का रद्द गरे नयाँ कम्पनीलाई ठेक्का दिएर काम गर्दा काम पछाडि धकेलिने र मेलम्चीको सपनाको सपनामै सीमित हुने ठानी मन्त्री मगरले पहल गरेकी थिइन् । किनभने, आयोजनाको अधिकांश सकिइसकेको थियो र नयाँ टेन्डर गरेर जाँदा लागत बढ्नेदेखि कानुनी झमेलासमेत उत्पन्न हुन्थ्यो । अझ स्थानीयहरूलाई सो कम्पनीले तिर्नुपर्ने करिब ३ अर्बजति रकम पनि डुब्थ्यो । तर, तत्कालीन सचिव ठाकुरले क्रिसमस मनाउन इटाली फर्किन लागेका ठेकेदारहरूलाई प्रहरी लगाएर पक्राउ गरेपछि यो विवाद सतहमै देखिन पुगेको थियो । तत्कालीन सचिव ठाकुरले भताभुंग पारेर हिँडेपछि अहिले सचिव शर्मा सिएमसीलाई काममा फर्काएर चाँडै नै मेलम्ची आयोजना पूरा गर्ने पक्षमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply