बारमा श्रेष्ठ प्यानललाई अन्तर्घातको चिन्ता
काठमाडौं । आगामी १६ चैतमा हुने कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दल नेकपा र कांग्रेसनिकट वकिलहरूको प्यानल अन्तिम चुनावी जोडघटाउमा लागेको छ ।
नेकपानिकट प्रगतिशील प्यानलबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ चुनावी मैदानमा छन् । प्रस्ट एजेन्डासहित आक्रामक चुनावी प्रचारमा रहेको श्रेष्ठ प्यानलले अन्तर्घात रोक्न सके कम्तीमा १ हजार मतान्तरमा जित सुनिश्चित रहेको विश्लेषण गरेको छ । बारको निर्वाचनमा १० हजारभन्दा बढी वकिलहरू मतदाता रहेका छन् । देशभरि कम्तीमा ८ हजारले मतदानमा भाग लिने अनुमान गरिएको छ ।
अघिल्लोपटक अन्तरघातकै कारण थोरै मतान्तरमा बारको नेतृत्व गुमाएका कारण पनि यस पटक प्रगतिशील प्यानल बढी नै सजग देखिएको छ । त्यसैले श्रेष्ठ प्यानलले आन्तरिक एकता बलियो बनाएर आफ्नो समूहको मत सुरक्षित गर्दै युवा र तटस्थ मत तान्ने रणनीति अख्तियार गरेको छ ।
उता, सुनिल पोखरेल नेतृत्वको कांग्रेसनिकट प्यानलले भने नेकपानिकट वकिलहरूभित्रको असन्तुष्टिमाथि खेलेर भोट क्रस गराउन साम–दाम–दण्ड–भेदको नीति अख्तियार गरिरहेको खुल्दै गएको छ । श्रेष्ठको तुलनामा धेरै जुनियर पोखरेलले जित्नेमा कांंग्रेसनिकट वकिलहरूले आशा मारिसकेको बुझिएको छ । प्रजातन्त्रवादी समूहले आफूलाई सशक्त एजेन्डासहित स्वस्थ प्रतिस्पर्धामा उतार्नेभन्दा पनि भोट किन्ने चलखेलमा लागेको चर्चा भइरहेको छ । तर, दुवै समूहको चुनावी प्रचार समितिभित्र सर्वोच्च र उच्च अदालतमा खुलेआम बिचौलियाको भूमिका खेल्दै आएका वकिलहरू हावी भएकोमा तटस्थ मतदाता भने धेरै असन्तुष्ट रहेको बताइन्छ ।
यता, प्रगतिशील प्यानलभित्र जतिसुकै असन्तुष्टि भए पनि प्रजातन्त्रवादी प्यानलले जहिले पनि कम्युनिस्टहरूलाई अधिनायकवादी करार गर्दै भ्रमपूर्ण प्रचार गर्दै आएको, बारमा अति राजनीतीकरण गरेर संस्थाको इतिहास धुमिल बनाएकोमा एक ढिक्का भएर यसपटक मतदानबाटै जवाफ दिने तयारी गरिरहेको छ । पूर्वअध्यक्ष शम्भु थापा, विश्वकान्त मैनाली, पूर्वमहासचिव रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायत सबै चण्डेश्वर श्रेष्ठको पक्षमा माहोल बनाउन मैदानमा भिडेका छन् । यद्यपि, पूर्वमहासचिव श्रेष्ठले बारमा बाहेक पटक–पटक महान्यायाधिवक्ताजस्तो महŒवपूर्ण जिम्मेवारी पाएको तथ्यलाई भुलेर कांग्रेसलाई सघाउने संकेत गर्दै सार्वजनिक असन्तुष्टि जनाएकोमा थुप्रै प्रगतिशील प्यानलका वकिलहरूले असन्तुष्टि जनाएका छन् । त्यसैले पनि उनी स्वयंले आफ्ना लागि आत्मघाती प्रत्युत्पादक कदम चाल्दैनन् भन्ने तर्क बलियो बन्दै गएको बताइन्छ ।
केन्द्रदेखि स्थानीय सरकारसम्म कम्युनिस्टको नेतृत्व रहेकाले पनि बारमा जित्नैपर्ने दबाब प्रगतिशील प्यानलका पूर्वनेताहरूमाथि परेको छ । पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले असन्तुष्टि जनाए पनि उनको भूमिकामाथि अहिले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तहबाटै निगरानी भइरहेको बताइन्छ । यद्यपि, संसदीय दलका उपनेता सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलको भूमिकालाई लिएर भने कतिपय वरिष्ठ कानुन व्यवसायीहरू अझै असन्तुष्ट रहेकाले प्रगतिशील प्यानलभित्रका सबै असन्तुष्टि मत्थर पार्ने प्रयास भइरहेको छ । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार श्रेष्ठले अनुभवी, युवा र समावेशीसहितको गतिशील टिम भएकाले न्यायिक क्षेत्रको विकृति अन्त्यका लागि आफ्नो समूहको जित सुनिश्चित बन्दै गएको बताए ।
‘हामी अहिले चुनावी घरदैलो अभियानममा छौं,’ श्रेष्ठले बुधबारसँग भने, ‘स्पष्ट एजेन्डा, अनुभवी, युवा र समावेशी टिम भएकाले राम्रो माहोल बन्दै गएकाले न्यायिक क्षेत्रको विकृति अन्त्यका लागि जित सुनिश्चित छ ।’
उता, प्रजातन्त्रवादी समूहले सुनिलकुमार पोखरेलको नेतृत्वमा चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारहरूलाई मैदानमा उतारेको छ । पोखरेलको तुलनामा श्रेष्ठ समूह सशक्त र आक्रामक रणनीतिका साथ जित सुनिश्चितताका लागि अघि बढिरहेको बताइएको छ । पोखरेलविरुद्ध प्रजातन्त्रवादी समूहबाटै बागी उम्मेदवारी परेकाले श्रेष्ठको पक्षमा माहोल बन्दै गएको बताइन्छ ।
दुवै पक्ष यतिबेला देशव्यापी चुनावी दौडाहमा छ । उम्मेदवारी सार्वजनिकसँगै अध्यक्षका प्रत्यासीहरूले आ–आफ्ना कार्यसूची मतदातासामु पु¥याइरहेका छन् । स्वतन्त्र, समक्षम र जवाफदेही न्यायपालिकाका साथै संवैधानिक सर्वोच्चता र मानवअधिकार तथा विधिको शासनका पक्षमा प्रतिबद्ध रहेको घोषणा गरेको श्रेष्ठ समूहलाई बार इतिहासमै सबैभन्दा बलियो टिमका रूपमा अथ्र्याइएको छ ।
समावेशी, सन्तुलित र युवा अनुहार समावेश भएको श्रेष्ठ टिमको प्रदेश १ उपाध्यक्षमा मानबहादुर रुम्दाली, २ मा रामचन्द्र सिंह, ३ मा ईश्वरीप्रसाद भट्टराई, ४ मा सुरेन्द्र थापामगर, ५ मा लीलाधर मरासिनी, ६ मा मीनबहादुर महत, ७ मा उमेशप्रसाद विष्ट तथा महिलामा रक्षा बस्यालले उम्मेदवारी दिएका छन् । तयस्तै, समूहको महासचिवमा सुरेन्द्र थापा तथा कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । सदस्यहरूमा मोहन साह शंकर, पञ्चनारायण मण्डल, वीरेन्द्रकुमार ठाकुर, बिनाकुमारी सिंह, बद्रीनारायण नगरकोटी, कल्पनाकुमारी भण्डारी, अञ्जु कायस्थ, डा. विशराज पण्डित, गंगासागर खत्री, भीमसेन बन्जरा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।
यसैगरि प्रजातन्त्रवादी समूह (डिएलए) बाट अध्यक्षका उम्मेद्वार अधिवक्ता सुनिलकुमार पोख्रेलको समूहबाट उपाध्यक्षहरूमा कविता थापा कार्की (महिला), अधिवक्ता श्री डिल्लीबहादुर कार्की (प्रदेश १) अधिवक्ताहरू सुधीरकुमार कर्ण (प्रदेश २) राजेश्वर अधिकारी (प्रदेश ३), निरञ्जनलाल राजभण्डारी (प्रदेश ४), सुनिलकुमार श्रेष्ठ (प्रदेश ५), उत्तम आचार्य (प्रदेश ६), ठेगेन्द्रराज जोशी (प्रदेश ७) रहनुभएको छ । त्यस्तै महासचिवमा अधिवक्ता लीलामणि पौडेल र कोषाध्यक्ष पदको उम्मेदवारमा अधिवक्ता तेजबहादुर रावल रहेका छन् ।
प्रजातन्त्रवादी समूहले सदस्यहरूमा अधिवक्ताहरू रूपनारायण विक, शेषमन यादव, मनोजकुमार चौधरी, अमृत लामा, कैलाश विक्रम गुरुङ, शिवानी जोशी, सोनी रघुवंशी, गोविन्दप्रसाद सिग्देल, रमेशकुमार ढकाल, कृष्णभूषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेकप्रसाद सुवेदीलाई उम्मेद्वार बनाएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply