तीन वर्षमा पनि कछुवाकै चाल
काठमाडौं । कछुवाको चाल पक्रिँदा हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको योजनाले अझै गति लिन सकेको छैन । तीन वर्षअघि सरकारले तीनवटा प्रदेशका तीन ठाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । तर, घोषणा गरेअनुरूप मेडिकल कलेज स्थापना कार्यले गति पक्रिन सकिरहेको छैन ।
केही समयपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ५ नम्बर प्रदेशको बुटवलमा मेडिकल कलेजको उद्घाटन गरे । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि २ नम्बर प्रदेशका बर्दिबासमा मेडिकल कलेजको शिलान्यास गरे । तर, अहिलेसम्म बर्दिबासबाहेक अरू ठाउँमा मेडिकल कलेज खोल्न जग्गाको पहिचान भइसकेको छैन । यी दुई ठाउँबाहेक ६ नम्बर प्रदेशको सुर्खेतमा पनि मेडिकल कलेज खोल्ने सरकारको योजना रहेको छ । बर्दिबासमा मेडिकल कलेज खोल्न १ सय हेक्टर जग्गाको पहिचान भएर सर्वेसमेत भइसकेको छ । २ नम्बर प्रदेशकै राजविराजमा पनि मेडिकल कलेज खोल्ने सरकारी तयारी रहेको छ ।
यी तीनवटै ठाउँमा मेडिकल कलेज स्थापना गर्न सरकारले ‘मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना’ गठन गरेर पछिल्लो समय काम गरिरहेको छ । गएको फागुन ३ गते मन्त्रिपरिषद्को बैठकले आयोजना गठन स्वीकृत गरेको हो । आयोजना गठन भएपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका तीन उपसचिवहरूलाई प्रत्येकको जिम्मा दिइएको छ । जसमा उपसचिव देवी सुवेदीले बर्दिबास, मानबहादुर घिमिरेले बुटवल र यामबहादुर केसीले सुर्खेतको जिम्मेवारी पाएका छन् ।
सरकारले १४औं योजनाको शिक्षा नीतिमा ‘प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज’ खोल्ने भनेर उल्लेख गरेको थियो । यसरी नै आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा ‘प्रत्येक प्रदेशमा एउटा–एउटा मेडिकल कलेज खोल्ने र तत्काललाई तीनवटा प्रदेशमा स्थापना गर्न काम अघि बढाइने’ उल्लेख थियो । तर, कति वर्षभित्र मेडिकल कलेज स्थापना गरिसिध्याउने भन्ने कुरा त्यतिखेर उल्लेख गरिएको भने थिएन । २०७३ असार २७ गते नै प्रत्येक प्रदेशमा मेडिकल खोल्न जग्गाको पहिचान गर्ने भनेर सरकारले निर्णय गरेको थियो र त्यस्तो निर्णय भए पनि त्यसपछि भने कामले गति लिन सकेन । त्यसपछि मेडिकल कलेजको तयारीका लागि सरकारले आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येकलाई १०–१० करोड बजेटसमेत विनियोजन गरेको थियो । तर, उक्त बजेट शिक्षा मन्त्रालयमा नआएर विश्वविद्यालय अनुदान आयोगमा लगेर थन्क्याइएको थियो ।
५ नम्बर प्रदेशको बुटवलमा मेडिकल कलेजको जग्गाको पहिचान नभइसके पनि प्रधानमन्त्री ओलीले भने मेडिकल कलेजको शिलान्यास भने गरिसकेका छन् । २ नम्बर प्रदेशमा भने दुई÷दुईवटा मेडिकल कलेज स्थापना गर्ने तयारी सरकारले गरेपछि त्यसको आलोचनासमेत हुँदै आएको छ । एउटै प्रदेशमा किन दुईवटा मेडिकल कलेज खोल्नुप¥यो भन्ने कुरा उठे पनि सरकारले सो प्रदेशको बर्दिबास र राजविराजमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाइसकेको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply