मेलम्ची डुबाउने सचिव सहरी मन्त्रालय ताक्दै
काठमाडौं । मेलम्ची खानेपानी आयोजना डुबाउने मुख्य खलनायक सचिव गजेन्द्र ठाकुर सहरी विकास मन्त्रालयमा सरुवा हुन समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मात्र भर नपरी प्रधानमन्त्री कार्यालयमा बस्ने बिचौलियालाई समेत प्रभावित पार्न दौडेका छन् । प्रधानमन्त्री केपी ओलीका निकट भन्दै लाभ लिँदैआएका बिचौलिया गोविन्द थापालाई मिलाएको भन्दै उनी सहरी विकासमा छिट्टै सरुवा हुने भन्न थालेका छन् । र, सहरी विकास तथा भवन विभागका ठेकेदारहरूसँग ‘म सहरी विकासमा आउँदै छु, सहयोग चाहियो’ भन्दै घुस माग्न थालिसकेका छन् ।
उपेन्द्र यादवलाई पहिले नै सेटिङ गरे पनि उनले सहरी विकास मन्त्रालयमा सरुवामा विलम्ब गरेपछि प्रधानमन्त्रीका निकट गोविन्द थापालाई प्रभावित पारी सहरीमा सरुवा हुने दाउमा छन् । यो साता जनकपुर गएका उनले फर्किनासाथ समाजवादी पार्टीका सांसदहरूलाई पार्टीलाई सहयोग गर्दा पनि सरुवा नभएको, पैसा डुब्ने भयो भन्दै उपेन्द्र यादवलाई दबाब दिन हारगुहार गरेका छन् ।
सचिव ठाकुर नेपालका वर्तमान सचिवमध्ये अति बदनाम मानिन्छन् । ठाकुरमाथि खानेपानी विभागको महानिर्देशक, भौतिक पूर्वाधार मन्त्रालय, सिँचाइ र खानेपानी मन्त्रालयमा हुँदा अर्बौंका आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनीमाथि खानेपानी मन्त्रालयको सचिव हुँदा वरिष्ठ सहसचिवलाई आयोजना प्रमुखबाट हटाई उपसचिवलाई राखी साना सहरी खानेपानीको ठेक्काका अर्बौं घोटाला गरेको आरोप छ । सिँचाइ मन्त्रालयमा हुँदा कर्मचारी काजसरुवामा पनि घुस मागेपछि उनीविरुद्ध सबै कर्मचारी एकजुट भएर हस्ताक्षर अभियान सुरु गरेपछि उनी सरुवा भएका थिए ।
खानेपानी मन्त्रालयमा दोहोरिएर आएपछि उनले मेलम्ची आयोजना २०७५ दसैंमा काठमाडौंका घरघरमा आउँछ भनेर मन्त्री बिना मगरलाई बोल्न लगाई विवादमा पार्ने काम गरे । तर, मेलम्चीको ठेकेदार कम्पनी सिएमसीलाई काम गरेको रकमसमेत भुक्तानी रोक्दा ऊ भाग्यो । र, मेलम्ची आयोजना विलम्ब हुनुमा सम्पूर्ण अपजसको भारी सचिव ठाकुरले मन्त्री मगरलाई बोकाउन खोजेपछि उनी त्यहाँबाट सरुवा भएका थिए । नेपाल ट्रस्टमा सरुवा भएका सचिव ठाकुर त्यहाँ अतिरिक्त आम्दानी केही नभएपछि छटपटीमा परेका छन् । र, सरुवाका लागि उपप्रधानमन्त्री यादव र प्रधानमन्त्री कार्यालयका बिचौलिया गोविन्द थापालाई सहयोग गरिसकेको तर सरुवा भने ढिला भएकोमा हुटहुटी लगाइरहेका छन् । असार सुरुमै सरुवा भए साल तमामीमा खानेपानी विभाग, पिआइडीदेखि सबैतिरबाट पैसा उठाउने र लगानी असुल गर्ने उनको रणनीति छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply