सिपाहीको रासनमा लुट
काठमाडौं । सशस्त्र प्रहरीका एसपी मुरारी बस्नेतले आफ्ना सिपाहीहरूको रासनमा ब्रह्मलुट मच्याएका छन् । कालिगढ कास्कीको इन्चार्ज रहेका बस्नेतले सिपाहीको रासनमा लेखापालसँग मिलेर लुट मच्याएको त्यहाँ कार्यरत प्रहरीको गुनासो छ ।
एसपी बस्नेतअन्तर्गत त्यहाँ ६ सय २१ जनाको दरबन्दी छ । नियमतः एकपटकमा कुल दरबन्दी संख्याको २५ प्रतिशतसम्म बिदामा बस्न पाउँछन् । २५ प्रतिशत बिदामा बस्दा एक सय ५५ जनाले बिदा लिन्छन् । यसरी बिदा बस्न चाहनेलाई एक महिनाको बिदा दिँदै रासनबापतको एक महिनाको पैसा एसपी बस्नेतले लेखापालसँग मिलेर झ्वाम पार्ने गरेको बुझिएको छ । यसरी उनले मात्र प्रतिमहिना रासनबाट कम्तीका ७० हजार बुझ्ने गरेको स्रोतको दाबी छ ।
त्यसो त यसअघि सीमा सुरक्षा कार्यालय सर्लाहीको इन्चार्ज हुँदा पनि उनले अकूत सम्पत्ति कमाएको बताइन्छ । उनी त्यहाँ बस्दा सीमाको तस्करी मौलाएको स्रोतले बतायो । चुरे दोहन गरेर ढुंगा गिटी भारत तस्करी यही नाकाबाट हुने गरेको बताइन्छ । त्यति मात्र होइन, त्यहाँ रहँदा पनि उनले मसलन्दका लागि आएको पैसामा तर मार्ने गरेको बताइन्छ । उनीमातहत तीनवटा विओपी अर्थात आउट वोर्डर पोस्ट हुन्छ । एउटा विओपीलाई मसलन्द खर्च भनेर प्रतिमहिना २६ हजार रुपैयाँ पठाइएको हुन्छ । त्यो पैसाको खर्च गर्ने अधिकार इन्स्पेक्टरलाई दिइएको हुन्छ । तर, बस्नेतले इन्स्पेक्टरलाई हाजिर मात्र गराएर पैसा आफैंले बुझ्ने गरेका थिए । त्यहाँ रहँदा पनि उनले रासनबाट पनि पैसा कमाएको बताइन्छ । एउटा विओपीमा ५० जनाको दरबन्दी हुन्छ । तर, २५—२६ जनाभन्दा बढी कहिल्यै हुँदैनन् । ती सबै बिदामा बस्छन् । बिदामा बस्नेहरूको रासनबापतको पैसा उनीहरूलाई नदिएर उनैले खाने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply