रसियाली टोलीद्वारा नेपाली सांसदसँग भेटवार्ता
काठमाडौं । रुसी महासंघको माथिल्लो संसद्को एक प्रतिनिधिमण्डलले राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीसँग भेटवार्ता गरेको छ ।
नेपाल भ्रमणमा आएको रुसी संसदको टोलीले सभापति बिडारीसहित समितिको टोलीसँग सिंहदरबार स्थित संसद भवनको कार्यकक्षमै भेटवार्ता गरेको हो । रुसी संसदस्थित प्रत्यायोजित व्यवस्थापन हेर्ने समितिका सभापति ऐन्द्रेइ क्लिसास नेतृत्वको टोलीमा उपसभापति अलेक्जेन्डर वासाकिन, सदस्य ओलेग टोस्पोकिन र समिति सचिव पिटर कुचेरेन्को लगायत थिए ।
भेटवार्तामा नेपाली टोलीका तर्फबाट सभापति बिडारीका साथै सदस्यहरू राधेश्याम अधिकारी, बलराम बास्कोटा, हरिराम चौधरीलगायत थिए । भेटवार्तामा दुइदेशका नीति, नियम तथा ंसंवैधानिक प्रणालीबारे चर्चा गर्दै संसदीय सहयोग आदानप्रदान एवं भाइचारा सम्बन्ध विस्तारबारे छलफल भएको सभापति बिडारीले जानकारी दिए ।
भेटमा दुई देशीय सम्बन्ध अझ सुदृढ गरी संसदीय तहमा प्रगाढ बनाउनेबारे समेत छलफल भएको बताइएको छ । यसैबीच, उनीहरूको सम्मानमा सो समितिले बिहीबार नै रात्रिभोज समेत दिएको थियो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply