सडक बनाउने बहानामा ढुंगा बिक्री जारी
काठमाडौं । थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन भएको पायएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडक स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको स्थानीयहरू बताउँछन् । वातावरणीय पक्षको ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर पु¥याउने भयले स्थानीय बासिन्दा त्रस्त छन् ।
किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गर्ने ठेक्का पाएको थियो । सडक ९ मिटर चौडा गरिँदै छ । शनिबार त्यहाँ डोजर र स्काभेटर प्रयोग गरी बढी नै ढुंगा निकालिएको देखियो । ‘स्तरोन्नति गर्ने बहानामा ठेकेदारले दोहोरो फाइदा लिएका छन्,’ एक स्थानीयले भने, ‘बाटो खन्ने क्रममा निक्लिएका ढुंगा उनीहरूलाई फाइदा हो ।’ ढुंगा निकालेर मनपरीसँग खन्न नपाए कम्पनीले काम नै रोक्ने गरेको छ । स्थानीयले केसी समय ढुंगा निकासीमा अवरोध गरेका थिए । तर ठेकेदारले उक्त ढुंगा चोरीनिकासी गर्ने गरेको समेत बताइएको छ ।
सडकको बीचबीचमा ढुंगा थुपारिएको देखिन्छ । ती ढुंगा बिक्री प्रयोजनका लागि राखिएको पुष्टि हुन्छ । उक्त क्षेत्रसमेत पर्ने काठमाडौं १० (ख) की प्रदेश सांसद तथा प्रदेश ३ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले स्थानीयले उक्त क्षेत्रमा उत्खनन गरी निकालिएको ढुंगा त्यहीँ पर्खाल बनाउन र तारजाली भर्ने काममा प्रयोग हुनुपर्ने भनी विगतदेखि नै आवाज उठाए पनि त्यसो नगरिएको बताइन् । ‘ठेकेदारले त्यहाँ निकालेको ढुंगो त्यहीँ नै प्रयोग गरेको देखिन्न,’ उनले भनिन्, ‘ढुंगा अन्यत्रै प्रयोग भइरहेको गुनासो छ ।’ यो सडक २०७४ देखि स्तरोन्नति सुरु भए पनि अहिलेसम्म पूरा भएको छैन ।
५ करोड रूपैयाँको सडकमा अहिले काम रोकिएको छ । किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीका सञ्चालक सनतसिंह राई भने ६० मिटरमाथिबाट सडक खन्नुपरेकाले त्यसको असर तल्लो क्षेत्रमा पर्न गएको तर नियतवश अनावश्यक खनजोत नगरेको दाबी गर्छन् । तर उनको भनाइ पत्याउने आधार छैन । सडक विस्तारका लागि कम्पनीले ३ वटा डोजर–स्काभेटर प्रयोग गरेको छ । यो सडक आयोजना स्थानीय, प्रदेश वा केन्द्र कसले हेर्ने भन्ने विवादपछि निर्माण रोकिएको राईले बताए । उनले रोकिएको भने पनि स्थलगत निरीक्षणका क्रममा भने खनजोत भइरहेको देखिन्छ ।
सडकछेउछाउ ढुंगा संकलन गरेर थुप्रो बनाइएको छ । राईले भने बिक्रीका लागि नभई त्यहींँ प्रयोग गर्ने हिसाबले ढुंगा संकलन गरिएको दाबी गरे । सांसद मगरका अनुसार स्थानीय बासिन्दाले विगतदेखि नै वन विनाश र अनधिकृत दोहनप्रति आवाज उठाउँदै आएका छन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply